बबई नदीको बाढीमा बेपत्ता दम्पतीमध्ये एकको शव फेला
मङ्गलबार, ३० असार २०७७, १८ : २८
बर्दिया । बर्दियाको बबई नदीमा आएको बाढीमा बगेर बेपत्ता दम्पतीमध्ये एक जनाको शव फेला परेको छ । केही दिनअघि ठाकुरबाबा नगरपालिका– ४ बगनाहाको एक दम्पती नदीमा बेपत्ता भएको थियो ।
पत्नी २६ वर्षीया राजकुमारी थारुको शव आज मधुवन नगरपालिकाको सीमामा पर्ने बबई नदीको कुसुम्बाघाटमा फेला परेकोे जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब निरीक्षक कलाधर सापकोटाले जानकारी दिए ।
पति ३२ वर्षीय जितबहादुर भने अझै बेपत्ता रहेको र उनको खोजी जारी रहेको प्रहरी कार्यालयले जनाएको छ । बबई किनारमा रहेको दाउरा सङ्कलन गरेर घर फर्कने क्रममा नदीमा आएको बाढीमा बगेर सो दम्पती बेपत्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ
-
भारत लोकसभा निर्वाचन : पहिलो चरणमा १०२ सिटमा कहाँ र कति मतदान भयो ?
-
गोदावरीमा एमालेको कुम्भ मेला : विकसित पार्टी निर्माणमा स्पष्ट दिशानिर्देशको अपेक्षा
-
डर्ट टेम्पलले सुरु गर्यो डिटी९७७ एमएक्स च्याम्पियनसिप
-
तीन जना मृत अवस्थामा फेला