शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकीमा ४ संक्रमित थपिए, कुल संख्या  १२ सय नाघ्यो

मङ्गलबार, ३० असार २०७७, १८ : ०८
मङ्गलबार, ३० असार २०७७

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १२ सय ३ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मंगलबार थप ४ जनामा कोरोना पुष्टि भएसँगै प्रदेशको कुल संक्रमित संख्या १२ सय नाघेको हो ।

आज थपिएका संक्रमतिमध्ये  पोखराका २ र नवलपुरका २ पुरुष रहेका छन् ।  कोरोना पुष्टि भएको हो । उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भई रहेको निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए । संक्रमित ४ जनाको स्वाब पोखराका संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र नवलपुरका संक्रमितको स्वाब जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा जाँचिएको थियो ।

यसैगरि, आज मात्रै गण्डकीका ६ जनाले कोरोना जितेर घर फर्केका छन् । स्याङ्जाका १ र कास्कीका ५ गरि ६ जना आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षबाट डिस्चार्ज भएका हुन् । प्रदेशका कुल संक्रमितमध्ये ७ सय ८५ जनाले कोरोना जितेर घर फर्कि सकेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप