बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

संक्रमणको दर घट्दो देखियो : ढुक्क भने भइहाल्न सकिन्न !

६० प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किए !
मङ्गलबार, ३० असार २०७७, १६ : ५७
मङ्गलबार, ३० असार २०७७

विश्वभरि नै कोरोनाभाइरसको संक्रमणले छलांग मारिरहेको छ । कोरोनाभाइरसको संक्रमण उचाइमा पुगेर ओरालो लाग्दै गरेको भनिएका विश्वका कतिपय मुलुकहरुमा पनि पुनः कोरोनासंक्रमणको गति तीब्र हुन थालेको देखिन्छ । नेपालमा भने कोरोनासंक्रमणको दर उच्च हुँदै जाने आँकलन गरिएको स्थितिबीच नै आश्चर्यजनक रुपमा ‘संक्रमणको समग्र दर ओरोलो लाग्दै गरेको’ स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकलाई हेदा पछिल्लो १० दिनयता नेपालमा कोरोना संक्रमित दर घट्दै गएको छ । असार १९ गते शुक्रबार कोरोना संक्रमितको दर १०.४२ प्रतिशत थियो  भने २८ गते सोमबारसम्म आइपुग्दा संक्रमितको दर घटेर २.१ प्रतिशतमा झरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पछिल्लो १९ गते शुक्रबार ४ हजार ५ सय  ३७ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ७८ जनालाई कोरोना संक्रमण भएको पुष्टि भयो । २० गते भने संक्रमितको संख्या फेरि उकालो लागेसँगै ७ सय ७४ जना संक्रमित भेटिए ।

४ हजार ४ सय ८३ जनको पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै २१ गते  ४ हजार ५० जनाको  पिसिआर परीक्षण गर्दा  अघिल्लो दिनभन्दा घटेर संक्रमित संख्या २ सय ३२ पुग्यो ।

२२ गते मंगलबार ४ हजार ७ सय १० जनाको कोरोना परीक्षण गर्दा २ सय ९३  संक्रमित भएको पुष्टि भयो । २३ गते ४ हजार ७ सय २१ जनाको कोरोना परीक्षण गर्दा १ सय ८० जना कोरोना संक्रमित भएको स्वास्थ्य  मन्त्रालयको तंथ्याङ्कमा उल्लेख गरिएको छ ।

यस्तै २४ गते पिसिआर परीक्षण अन्य दिनको तुलनामा बढाएर ६ हजार १ सय ३३ पु¥याउँदा संक्रमतिको संख्या २ सय ४ जना पुगेको थियो । २५ गते ४ हजार ६ सय ९६ लाई कोरोना परीक्षण गर्दा २ सय ५५ जनामा संक्रमण फेला परेको थियो । यस्तै २६ गते भने ४ हजार ८ सय ६ जनालाई पिसिआर परीक्षण गर्दा १ सय १८ जनालाई कोरोना पुष्टि भएको थियो ।

२७ गते शनिबार ३ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण गर्दा १० दिनयताकै न्युन ७० जनामा कोरोना संक्रमण भएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा प्रा.डाक्टर जागेश्वर गौतमका अनुसार २८ गते आइतबार ३ हजार ९ सय १६ जनाको पिसिआर परीक्षण गर्दा ८२ जनामा कोरोना संक्रमण भएको पुष्टि भयो । २९ गते पिसिआर परीक्षणलाई बढाएर ५ हजार ८ सय ५६ पु¥याउँदा  १ सय ४४ जनामा कोरोना संक्रमित पुष्टि भएको उनले बताए ।

कोरोना परीक्षण र संक्रमितको संख्या टेवलमा

नेपालमा हालसम्म पिसिआर विधिबाट २ लाख ८९ हजार ३ सय ७१ जनामा परीक्षण गरिएको छ । त्यसैगरी, आरडीटी विधिबाट परीक्षण गरिएकाहरुको संख्या भने ३ लाख १२ हजार ४ सय दुई जना छन् । असार १९ गते शुक्रबारसम्म जम्मा १५ हजार २ सय ५९ जना संक्रमित रहँदा आइसोलेशनमा रहेकाहरुमध्ये ९ हजार ८४ जनालाई कोरोना पुुष्टि भएको थियो । त्यसअवधिमा संक्रमितहरुमध्ये पनि ६ हजार १ सय ४३ निको भएर घर फर्किएका थिए । यस्तै एक हप्ताको अवधिमा २३ गते मंगलबार ६ सय ८८ जना कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् । त्यसैगरी, २४ गते २ सय ५३ जना विभिन्न अस्पतालहरुबाट डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२५ गते १ सय ३९ जना कोरोनालाई जितेर देशमा विभिन्न अस्पतालबाट  घर फर्किएका छन् । २६ गते १ सय २० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यस्तै २७ गते शनिबार ४ सय ३१ जना कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । २८ गते भने १ सय ४६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । त्यो संख्यामा भारी बृद्धि भएर २९ गते भने १ हजार ७ सय ५ जना कोरोना मुक्त भएर देशका विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताए । मंगलबार दिउँसोसम्म कूल १६ हजार ९४५ जनामा संक्रमण देखिएकोमा  तीमध्ये   १० हजार २ सय ९४ जना नेपालका विभिन्न अस्पतालबाट घर फर्किसकेका छन् ।

‘परीक्षणको आधारमा १० दिनयता संक्रमितको संख्या घट्दै गएको देखिए पनि नेपालमा संक्रमित घटे भनेर ढुक्क हुने अवस्था नभएको’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह—प्रवक्ता समिरकुमार अधिकारीले बताए । ‘समुदायमा संक्रमितको संख्या परीक्षणको दायरामा आइनसकेको हुन सक्ने भएकाले परीक्षण मार्फत संक्रमित खोज्ने काम भइरहेको’ उनले बताए ।

क्वारेन्टाइनमा सबै भन्दा बढी   असार २ गते रहेको थिए । त्यसबेला क्वारेन्टाइनमा रहेकाहरुको संख्या १ लाख २० पुगेको थियो ।  हाल क्वारेन्टाइनमा बस्नेको संख्या मंगलबार दिउँसोसम्ममा २३ हजार ४ सय ७०  जना छन् । त्यसै गरी, आइसोलेशनमा  रहनेहरुको संख्या ६ हजार १ सय १३ रहेको मन्त्रालयले जनाएको छ ।

जनस्वास्थ्य विज्ञहरुका अनुसार कोरोना परीक्षणको दायरालाई घटाएका कारण संक्रमितको संख्या घटे जस्तो देखिएको हो । ‘सरकारले कोरोना पहिचान तथा नियन्त्रणको लागि कुुनै पनि कदम नचालिकन संक्रमण दर घट्न नसक्ने’ जनस्वास्थ्य विज्ञ रविन्द्र पाण्डे बताउँछन् । ‘स्वास्थ्य मन्त्रालयको तंथ्याङ्कमा संक्रमितको दर घटे पनि समाजमा संक्रमितको दर भित्र भित्र बढिरहेको हुन सक्ने’ आशंका डा. पाण्डे व्यक्त गर्छन् ।

भारत र नेपालमा महामारी फैलिएसँगै विगतमा भारतबाट दैनिक ४ हजार नेपाली स्वदेश फर्किएका थिए । त्यसबेला भारतबाट भित्रिनेहरुको संख्या बढ्दै जाँदा नेपालमा पनि संक्रमितको दर उकालो चढेको थियो । तर हाल भने भारतबाट नेपाल फर्किनेको संख्या न्यून हुँदै गएकोले पिसिआर परीक्षणको दायरा कम भए जस्तो देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप