शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कांग्रेस नेता जीवनबहादुर शाहीलाई कोरोना संक्रमण देखियो

मङ्गलबार, ३० असार २०७७, १६ : ४८
मङ्गलबार, ३० असार २०७७

जुम्ला । काँग्रेस नेता तथा कर्णाली प्रदेशसभा प्रतिपक्ष दल नेता जीवनबहादुर शाहीलाई कोरोना संक्रमण देखिएको छ । 

दुई दिन अघि गरिएको स्वाव परीक्षणमा शाहीलाई कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
उनले शाहीको सम्पर्कमा आएका व्यक्तिको कारोना परीक्षण गरिने पनि जानकारी दिए । 

संसदीय समितिका विभिन्न बैठकमा जाने आउने गरेका शाही संसद बैठकमा उपस्थित हुने गरेका थिए । 

शाहीमा कोरोना संक्रमण देखिएपछि प्रदेशसभा सदस्य तथा सचिवालयमा त्रास छाएको छ । 

हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १६९० पुगेको छ भने तीमध्ये १४६२ जना डिस्चार्ज भइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप