बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा ६ हजार ६९५ जना सक्रिय संक्रमित, आज ११६ जनामा संक्रमण पुष्टि

मङ्गलबार, ३० असार २०७७, १६ : २६
मङ्गलबार, ३० असार २०७७

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ११६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका २ जनासहित ११६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । 

उनले हालसम्म सक्रिय संक्रमित  ६ हजार ६९५ रहेको र निको भएकासहित जम्मा संक्रमित १७ हजार ६१ रहेको जानकारी दिए । 

यस्तै बितेको २४ घण्टामा ३४  जना डिस्चार्ज भएका छन् । योसँगै संक्रमण निको हुनेको कूल संख्या १० हजार ३२८ पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप