शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एफएनसीसीआईमा चुनावी माहोल तात्यो, ढकाल प्यानलको उम्मेदवारी घोषणा

मङ्गलबार, ३० असार २०७७, १४ : ३१
मङ्गलबार, ३० असार २०७७

काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संगठन उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)मा चुनावी सरगर्मी तातेको छ । 

उम्मेदार घोषणा हुने र एकले अर्काप्रति कटाक्ष गर्दै खरो रुपमा उत्रन थालेका छन् । पछिल्लो उदाहरण चन्द्र ढकाल प्यानलको उम्मेदारी घोषणा सभामा देखिएको छ । 

एफएनसीसीआईका अध्यक्षका दाबेदार शेखर गोल्छा हालका अर्का उपाध्यक्ष किशोर प्रधानको पक्षमा खुलैरै लबिङ गरिरहेको भन्दै उपाध्यक्ष चन्द्र ढकाल आक्रोशित भएका छन् ।  

उनले गोल्छालाई आफूले गरेको सहयोग नभुल्न समेत आग्रह गरे । वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधानमा साथ दिएर आफूले गोल्छालाई अध्यक्ष हुन सहयोग गरेको ढकालको तर्क छ । ढकालले आफ्नो नेतृत्वको प्यानलको नै जित हुने दाबी गरेका छन् । 

हालका दुई उपाध्यक्षहरु प्रधान र ढकाल वरिष्ठ उपाध्यक्षमा चुनाव लड्दैछन् । उनीहरुले आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

 यता ढकाल समूहले आज उम्मेदारी घोषणा गरेको छ । ढकाल समूहबाट जिल्ला÷नगर उपाध्यक्षमा गुणनिधि तिवारीको उम्मेव्दारी घोषणा भएको छ  । उनी हाल महासंघको प्रदेश ५ कमिटीको अध्यक्ष हुन् । यता वस्तुगत उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ नै दोहोरिने भएका छन् । यसैगरी एशोसिएट उपाध्यक्षमा ढकाल समूहले रामचन्द्र संघाईलाई उम्मेदवार बनाउने भएको छ ।

आगामी साउन २६ र २७ गते हुने महासंघको अधिवेशनमा प्रधान र ढकाल चुनावी मैदानमा भिड्दैछन् । प्रधान समूहले भने अन्य उम्मेव्दारको घोषणा गरिसकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप