डिसहोमले आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन
मङ्गलबार, ३० असार २०७७, १३ : ५०
डिसहोमले आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डकी सूचना अधिकारी दीपा दाहालले डिसहोमले सोमबार आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दर्ता गराएको जनाएकी छन् ।
बोर्डमा चुक्तापूँजीको १० प्रतिशत हाराहारीको सेयर सर्वसाधारणमा जारी गर्नका लागि आवेदन दिएको छ । डिसहोमको आइपीओ १०० रुपैयाँ अंकित दरकै हुनेछ । २३ लाख कित्ता हाराहारीको आइपीओ निष्कासनको योजनामा डिसहोम छ ।
डिस होमको आइपीओमा निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल रहेको छ । २०७५ पुस २७ गतेको साधारणसभाले सर्वसाधारणमा प्राथमिक सेयर निष्कासनको प्रस्ताव पारित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टोइनिसले बनाए नयाँ कीर्तिमान
-
प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीबिच ‘वान टु वान’ वार्ता
-
फष्टलुक्समा यस्तो देखियो ‘घरज्वाइँ’
-
आज कहाँ–कहाँ हुन्छ सडक अवरुद्ध ?
-
करेन्ट लागेर विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु
-
नेपालमा जनावरको दुधबाट मान्छेमा बर्ड फ्लुको ‘एच–फाइभ एन–वान’ भाइरस सरेको देखिएको छैन : विज्ञ