भारत र चीनका सैन्य कमाण्डर विवादित क्षेत्रमा आज पुनः वार्ताको टेबुलमा
पूर्वी लद्दाखको चुशुलमा मंगलबार भारत र चिनियाँ सेनाका कमाण्डरहरुबीच नयाँ चरणको वार्ता हुँदैछ । यस दौरान वास्तविक नियन्त्रण रेखा (एलएसी) बाट दुबै सेना पछाडि हट्ने र आगामी चरण के गर्ने भनेर वार्ता हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दुई देशका कप्र्स कमाण्डर स्तरको यो चौथो वार्ता हो । यसअघि दुई देशका सेनाहरुले विवादित सीमा क्षेत्रमा तनाव कम गर्नका लागि ६ जून, २२ जून र ३० जूनमा वार्ता गरेका थिए । बैठक आज बिहान ११ बजेर ३० मिनेट जाँदा सुरु हुनेछ ।
भारतीय उत्तरी सेनाका पूर्व कमाण्डर लेफ्टिनेन्ट जनरल डिएस हुड्डा (अवकाशप्राप्त) का अनुसार मंगलबारको वार्ता निकै महत्त्वपूर्ण हुनेछ किनकी यस वार्तामा पैंगोंग त्सो र डेपसाङको फिंगर एरियाका विषयमा चर्चा हुनेछ । यस क्षेत्र विवादित रहिआएको छ र चीनले यस इलाकाअन्तर्गत एलएसीमा भारतीय क्षेत्र मिचेको भारतको दाबी छ । हुड्डाले भने, ‘यी दुबै क्षेत्रमा भारतीय पक्षको यथास्थितीमा बहाली गर्नका लागि जोड दिइनुपर्छ । यस्तो पहलमा कुनै कमी देखिएमा हामीलाई क्षेत्रीय नोक्सानी हुनसक्छ ।’
स्रोतः अमरउजाला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार