शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलिउड अभिनेत्री रेखा क्वारेन्टिनमा, घर पनि सील

मङ्गलबार, ३० असार २०७७, ०७ : ४८
मङ्गलबार, ३० असार २०७७

बलिउड अभिनेत्री रेखा आफ्नै घरभित्र क्वारेन्टिनमा बसेकी छिन् । उनका एक सुरक्षाकर्मी र दुई घरेलु कामदारमा कोभिड–१९ परीक्षण पोजेटिभ आएको छ । रेखाको हातमा होम क्वारेन्टिनको स्ट्याम्प पनि लगाइएको छ ।

रेखा मुम्बईको बान्द्रामा रहेको सी स्प्रिङ्ग्सकी मालिक हुन् । उनको बंगलामा तीन व्यक्तिमा कोरोना संक्रमण भएको पत्ता लागेपछि बृहन्मुम्बई नगर निगम (बीएमसी) ले शनिबार यो बंगलालाई सील गरेको छ । बीएमसीले यो परिसरलाई कन्टेन्टमेन्ट जोनको रुपमा घोषणा गर्ने एउटा बोर्ड पनि लगाएको छ ।

शनिबार राती बलिउडका दिग्गज कलाकार अभिताभ बच्चन, उनका छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चनलाई कोरोनाभाइरस संक्रमण देखिएको थियो । अभिषेक र अमिताभ मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् भने ऐश्वर्या र उनकी छोरी होम क्वारेन्टिनमा छन् ।


स्रोतः जीन्यूज

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप