बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट अहिलेसम्मकै कम मृत्यु

सोमबार, २९ असार २०७७, २३ : ०९
सोमबार, २९ असार २०७७

लन्डन । पछिल्लो २४ घन्टामा बेलायतमा कोरोना भाइरस (कोभीड–१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुने यो संख्या गत मार्च १२ पछिको सबैभन्दा कम हो । अन्य दिनको तुलनामा सप्तान्ततिर भने प्राय मृतक संख्यामा कमि हुने गर्दछ । मृतक संख्यामा कमि आउँदै गएका कारण बेलायतमा लकडाउनलाई निक सहज पारिँदै लागिएको छ ।

योसँगै बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ४४ हजार ८ सय ३० पुगेको छ । यो संख्या बेलायतका अस्पताल तथा केयर होम लगायतको भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बताएको छ । तर सरकारी तथ्याँकमा कोरोनासँग सम्बन्धित सम्पूर्ण मृतकलाई नसमेटिएको बताइएको छ । कोरोनासँग सम्बन्धित सबै मृतक संख्यालाई गणना गर्ने हो भने ५५ हजार ५ सय भन्दा बढी हुनसक्ने बताइएको छ ।

यस्तै बेलायातमा थप ५ सय ३० जनामा कोरोना पोजिटिभ भएको पुष्टि भएको छ । हालसम्म बेलायतमा २ लाख ९० हजार १ सय ३३ जनामा कोरोना संक्रमण भइसकेको छ । बेलायत कोरोना संक्रमणका कारण सबै भन्दा बढी मृत्यु हुने मुलुक अन्तरगत अमेरिका र ब्राजिल पछिको तेस्रो स्थानमा पार्दछ । यसैगरी सबै भन्दा बढी संक्रमण हुने मुलुक अन्तर्गत अमेरिका, ब्राजिल, भारत, रसिया, पेरु, चिली, स्पेन, मेक्सिको पछी नवौं स्थानमा बेलायत पर्दछ ।  हालसम्म विश्वभर कोरोनाको संक्रमणबाट ५ लाख ७३ हजार भन्दा बढीको ज्यान गैसकेको छ

६७ नेपालीको मृत्यु

बेलायतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ६७ जना नेपालीहरुको ज्यान गएको छ । पछिल्लो समयमा कोरोनाका कारण बेलायतमा कुनै पनि नेपालीको ज्यान गएको छैन ।  गत जुन ३० तारिखसम्म गैरआवासीय नेपाली संघ यूकेद्वारा जारी सार्वजनिक तथ्याङ्कअनुसार ६७ जना नेपालीहरुको कोरोनाको संक्रमणबाट निधन भएको हो ।

यसरी मृत्यु हुनेहरुमा पाँच दर्जन जति भूतपूर्व गोर्खा तथा तिनका परिवारहरु रहेका छन् । हालसम्म बेलायतको सबैभन्दा कम उमेरमा कोरोनाको संक्रमणका कारण निधन हुनेमा बेलायतको ननिटन निवासी ३२ वर्षीय बिमा नाछिरिङ राई रहेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप