केन्द्रीय संस्करण

चिनियाँ प्रधानमन्त्री लीद्वारा सुधार कार्यक्रमको घोषणा

person explore access_timeअसार २९, २०७७ chat_bubble_outline0

एजेन्सी । चीनका प्रधानमन्त्री ली खछ्याङले सुधारका कार्यक्रमलाई अगाडि बढाएर महामारीपछिको अर्थतन्त्रलाई स्थिर राख्न आवश्यक नीतिहरूको तर्जुमा गर्दै चीन अघि बढ्ने कुरा सोमबार बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका प्रभावशाली नेतासमेत रहेका प्रधानमन्त्री लीले चीनमा कोभिड-१९ महामारीपछिको अवस्थाको विश्लेषण गर्न भेला भएका उद्यमी तथा अर्थशास्त्रीहरूलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । उनले सन् २०२० मा विश्व अर्थतन्त्रसँगै चिनियाँ अर्थतनत्रले पनि असामान्य अवस्थाको सामना गर्नुपरेको तर यसको व्यवस्थापनमा चीन जुटिसकेकोले पूर्ववत् अवस्थामा आर्थिक गतिविधिहरू सञ्चालनमा आइसकेको पनि उनको दावी थियो । 

चीनले महामारीका समय प्रभावित मध्यम तथा साना उद्योगहरूलाई सहयोग गर्ने सरकारले नीति बनाएको र सोही अनुरूप आर्थिक सुधारका कार्यक्रमहरू सार्वजनिक गरिसकेको छ । सरकारले कर र शुल्कमा कटौती र समावेशी वित्तजस्ता कार्यक्रमले व्यापारलाई चलायमान बनाउन सफल भएको र रोजगारीको अवस्थालाई स्थिर राख्न महत्वपूर्ण भूमिका खेल्ने प्रधानमन्त्री लीले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.