शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जहाजमा यात्रुलाई स्वागत गर्न आतुर छौंः विरेन्द्र बहादुर बस्नेत

सोमबार, २९ असार २०७७, २२ : ४१
सोमबार, २९ असार २०७७

काठमाडौं । बुद्ध एयरका प्रवन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले जहाजमा यात्रुलाई स्वागत गर्न आतुर रहेको बताएका छन् । एयरलाइन्सको वेवसाइट तथा सामाजिक संजालमार्फत एक भिडियो सन्देश जारी गर्दै बस्नेतले उडानका लागि बुद्ध एयर तयार रहेको र समस्त यात्रुवर्गलाई जहाजमा स्वागत गर्न आतुर भएको बताएका हुन् । 

कोभिड १९ महामारीका कारण लामो समयदेखि बन्द रहेका एयरलाइन्स अव उडान भर्ने तयारी गर्न थालेका छन् । तर, सरकारले भने कहिलेबाट हवाई सेवा सुचारु गर्ने भन्नेबारे कुनै निर्णय गरेको छैन । सार्वजनिक यातायात संचालन गर्न निर्देशन दिइसके पनि सरकारले नियमित उडानको अनुमति भने अझै दिएको छ्रैन । 

अहिलेको परिस्थिती फेरिएको छ । मास्क, स्यानिटाइजरसँगै शारीरिक दुरी पनि अव अनिवार्य बनेको छ । यसलाई अवलम्बन गर्दै नियमित उडानको लागि तयार रहेको बुद्धले बताएको छ ।

बुद्धले लामो लकडाउनका बीचमा पनि निरन्तर जहाजलाई मर्मतसम्भार तथा विशेष सरसफाई गरिरहेको जनाएको छ । संक्रमणरहित उडानका लागि कोभिड १९का नियम तथा निर्देशिकाहरु, अन्तर्राष्ट्रिय मापदण्डहरु तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको निर्देशानुसार हवाई सेवा दिन तयार रहेको बुद्धले जनाएको छ । 

बुद्धले केही सातादेखि नियमित पूर्व अभ्यास पनि गरिरहेको छ । यस अभ्यासमा ग्राउण्ड स्टाफ, विमान परिचारिका, पाइलट, टेक्निकल टिमलगायत सहभागि छन् । कर्मचारीले प्रोटोकलअनुसारको तालिम लिएर आवश्यक पीपीईलगायत प्रयोगमा ल्याएका छन् । जहाज, र्याम बस, व्यागेज ट्र्ली, टिकट काउन्टर लगायतका स्थान रेगुलर सरसफाई तथा स्यानिटाइज गर्ने गरेको कम्पनीले जनाएको छ ।

संक्रमणरहित उडानका लागि बुद्धको मात्र तयारीले नपुग्दैन भन्दै प्रवन्ध निर्देशक बस्नेतले यात्रुहरुले पनि मास्क, सामाजिक दुरी कायम, नियमित स्यानिटाइजरको प्रयोग गरिरहँदा यात्रा सहज हुने बताएका छन् । 

बुद्धले नियमित रुपमा कम्पनीको वेवसाइट, समाजिक संजाल, इमेल, भाइवरलगायतमा सम्पर्क गरी विस्तृत जानकारी लिन सकिने पनि बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप