सोमलियाका सेना प्रमुखलाई बम हानियो तर यसरी उम्किन सफल भए
एजेन्सी । सोमालियाली सेनाका प्रमुखमाथि सोमबार मोगादिसुमा एक आत्मघाती आक्रमण प्रयास भएको अधिकारीहरूले जनाएका छन् । सेनाको अस्पताल नजिक उनको रक्षा दललाई लक्षित विस्फोट भएको बताइएको छ ।
मोगादिशुको होदान जिल्लामा भएको ठूलो हमलाले देशका सेना प्रमुख जनरल ओडवा युसुफलाई लक्षित गरेको पुष्टि गर्दै तर आक्रमणबाट कोही हताहत नभएको सरकारी प्रवक्ता इस्माइल मुख्तर उमरले बताए । सेना प्रमुख रक्षा दलसहित मुख्य सैन्य अस्पतालको नजिकबाट यात्रा गरिरहेका समय आक्रमण भएको हो ।
‘सेनाको कमाण्डरलाई निशाना बनाउँदै सैनिक अस्पताल नजिकै विस्फोट भएको थियो । तर घटनामा सेना प्रमुख युसुफ उम्कन सफल हुनुभएको छ । उहाँलाई कुनै चोटपटक लागेको छैन’ इस्माएलले भने । स्थानीय प्रत्यक्षदर्शीका अनुसार अफ्रिकी देशको हर्नमा पछिल्लो हमलामा एक जना व्यक्तिको मृत्यु भएको छ भने अर्को घाइते भएका छन् ।
सेनाका कमाण्डर युसुफले विशाल हमलाको एक मिनेट अगाडि रक्षा मन्त्रालयबाट बाहिरिएका थिए । आत्मघाती विस्फोटपछि सेना प्रमुख युसुफको रक्षार्थ खटिएको समूहमाथि भारीमात्रामा गोली प्रहार भएको बताइएको छ ।
घटनास्थलमा कालो धुँवाको मुस्लो देखिएको एक प्रत्यक्षदर्शी स्थानीयले बताए । ‘घटनामा एक व्यक्ति मारिए, अर्को एक जना घाइते भए तर सेना प्रमुखलाई चोट लागेको छैन’ एक प्रहरी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।
होडान जिल्लाको ताराबुन्का चोक नजिकै भएको बम विष्फोटबारे उनले भने, ‘विस्फोटले ताराबुन्का नजिकै सैन्य सवारी साधनहरुमा असर गरेको थियो । केही क्षणमा नै हामीले गोली चलेको आवाज सुन्यौँ ।’ प्रत्यक्षदर्शी स्थानीय मोहम्मद अब्दीले भने, ‘घटनास्थललाई धुलो उडेर ढाक्या देखिने अवस्थामा आउँदा घटनास्थलमा एम्बुलेन्सहरूको भीड थियो भने घटनास्थललाई सुरक्षाकर्मीले घेरा हालिसकेका थिए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ