शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड र बाबुरामको कारण राजनीतिबाट अवकाश लिएँ : पूर्वमन्त्री बिष्ट

सोमबार, २९ असार २०७७, २१ : ०८
सोमबार, २९ असार २०७७

काठमाडौँ । पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको कारण राजनीतिबाट अवकाश लिनुपरेको बताएका छन् ।

पछिल्लो समय मगर कृषि पेसामा संलग्न छन् । पोखरा विमानस्थलको घटना स्मरण गर्दै सामाजिक सञ्जाल फेसबुकमा मगरले दुवै नेतामा आदर्श कायम नरहेको आरोप समेत लगाएका छन् । 

‘एकदिन पोखरा विमानथलमामा क. प्रचण्ड र क. बाबुरामसँग थिएँ म, भीआईपी कक्षमा । मैले लगाएको पुरानो थोत्रो ज्याकेटले उहाँहरूलाई लज्जा वोध भएछ क्यारे । मुन्टो निहुराएर कुरा गर्नुभो,’ मउनले फेसबुकमा लेखेका छन् ।

 

प्रचण्ड र बाबुरामको कुरा आफूले सुनेपनि नसुझैं कान थापेर सुनिरहेको मगरले बताए । उनले लेखे, ‘म अलि पर थिए । सारमा ‘लगाउन, खान र चल्न नजान्ने’ भनेर मेरो चर्को आलोचना भयो । मलाई नमीठो लाग्यो ।’
त्यतिबेला आफूसँग पैसा नभएको स्मरण गर्दै मगरले आर्थिक मितव्ययीता, सादाजीवन उच्च विचार, कडा परिश्रम पार्टी आदर्शका रूपमा बुझेको बताएका छन् । उनले भनेका छन्, ‘भर्खर जसो शान्ति प्रक्रियामा आएको थियो पार्टी । त्यस्तै तीन वर्ष जति भएको हुँदो हो । पार्टीको आदर्श र नीति भन्दा बाहिर जानू मर्नु जस्तो लाग्थ्यो ।’

त्यतिबेला आफ्नो आदर्श नेतृत्वले आदर्शकै खिलाफ खिसिटिउरी गरेको सुनेर–भोगेर भाउन्न भएको, चक्कर आएको बताउँदै नले भने, ‘तर सम्हालिएर बसेँ र अडिए । यस्ता चक्कर र घनचक्करहरू दर्जनौं भोगियो । अनि लाग्यो मेरो पार्टी र आदर्श त उहिल्यै सक्किएछ । म उल्लु रहेछु, धत् मोरा भनेर आफैँलाई बेस्सरी सरापेर स्वेच्छिक अवकास लिइयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप