बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तरुण दलले बीपी स्मृति दिवस सप्ताहव्यापी मनाइने, जिल्ला समितिहरुलाई परिपत्र

सोमबार, २९ असार २०७७, १८ : ५५
सोमबार, २९ असार २०७७

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले बीपी स्मृति दिवसलाई सप्ताहव्यापी रूपमा मनाउने भएको छ ।तरुण दलले काँग्रेसका संस्थापक तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३८औं स्मृति दिवसलाई विभिन्न रचनात्मक कार्यक्रम गरेर साउन ६ गते सप्ताहव्यापी मनाउने भएको हो । 

केन्द्रीय कार्यसमितिले बीपी स्मृति दिवसका अवसरमा विभिन्न रचनात्मक र सिर्जनात्मक कार्यक्रम गरी मनाउने निर्णय गरेको अध्यक्ष जितजंग बस्नेतले जानकारी दिए । तरुण दलले स्मृति दिवसका अवसरमा मनाइने कार्यक्रमहरू तय गरेर जिल्लाहरूलाई परिपत्र पनि गरिएको छ । अध्यक्ष बस्नेतले नेपाली काँग्रेस जिल्ला समितिले आयोजना गर्ने कार्यक्रममा सम्पूर्ण तरुणहरूलाई सहभागी गराउने जानकारी दिए ।


तरुण दलले बीपी स्मृति दिवस वृक्षरोपण, सरसफाइ, रक्तदान, फलफूल वितरण, अन्तर्क्रियाजस्ता रचनात्मक र सिर्जनात्मक कार्यक्रमहरू गरी साप्ताहिक रूपमा मनाउने छ । यस्तै कोभिड–१९ को प्रभावित जिल्लामा भएका क्वारेन्टिनहरूमा सरसफाइ, शुद्ध खानेपानी वितरणजस्ता कार्यहरू गर्ने÷गराउने र यससम्बन्धी सचेतना फैलाउने कार्यक्रम छ ।

स्थानीय प्रशासन एवं निकायहरूसँग समन्वय गरी बाढी–पहिरो प्रभावित जिल्लाका साथीहरूले पीडित जनतालाई सहायता वितरण, उद्धार र पुनःस्थापनामा क्रियाशील रहने तरुण दलले भनेको छ । अध्यक्षले बस्नेतका अनुसार कोभिड–१९ बाट बच्न अपनाउनुपर्ने सजगता, प्राकृतिक विपत् र जोखिम व्यवस्थापनको सम्बन्धमा समुदायहरूमा सचेतनामूलक कार्यक्रमहरू गर्ने छ ।

बीपी स्मृति दिवस भव्य र व्यापक रूपमा मनाउन जिल्लाका सम्पूर्ण तह (क्षेत्र, महानगर, नगर, गाउँपालिका र वडा समिति)का समितिहरूलाई परिपत्र गरी निर्देशन गर्ने  तरुण दलले निर्णय गरेको छ । यस्तै जिल्लामा गरिएका सम्पूर्ण कार्यक्रमको प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउन पनि अध्यक्ष बस्नेतको निर्देशन छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप