बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिन्धुपाल्चोकमा खोलाले बगाएर १ वृद्धको मृत्यु

सोमबार, २९ असार २०७७, १८ : ०९
सोमबार, २९ असार २०७७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको झ्याडी खोलाले बगाएर आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका –९ भोटसीपा निवासी ५७ वर्षीय धावा लामा छन् । खोला तर्ने क्रममा बगाएको उनको शव करिब एक किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उता, गत बुधबार रातिको बाढी पहिराले बेपत्ता भएका बाह्रबीसे नगरपालिका –५ जम्बु र भोटेकोशी गाउँपालिका –५ बुलकोटेका २० जनाको खोजी जारी  छ । पानी पर्ने क्रम नरोकिएपछि उद्धारमा कठिनाइ भइरहेको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप