प्रदेश प्रहरी र वन विधेयक पारित
मोरङ । ‘प्रदेश प्रहरीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ ’ सर्वसम्मतिले आज पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९४ (१) (क) बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गरेका थिए ।
मन्त्री कार्कीले गल्ती गर्ने प्रहरीलाई सम्बन्धित जिल्लामै जिल्ला न्यायाधिवक्ताको नेतृत्वमा बन्ने विशेष आदालतले छिनोफानो गर्ने व्यवस्था विधेयकले गरेको जानकारी दिए । अहिलेको परिस्थितिमा प्रहरीको तलब दोब्बर गर्न नसकिने बताउँदै उहाँले जोखिम र चुनौतीका क्षेत्रमा काम गर्ने प्रहरीलाई आन्तरिक मूल्याङ्कनमा नम्बर बढ्ने व्यवस्था मिलाइएको जानकारी दिए ।
यसअघि विधेयक संशोधनका लागि प्रस्ताव दर्ता गराउनुभएका प्रदेशसभा सदस्य उमिता विक, बुद्धिकुमार राजभण्डारी, लछुमण तिवारी, विमल कार्की र शिवनारायण गनगाइँले संशोधनका बुँदा आंशिक रुपमा आन्तरिक मामिलामन्त्रीले स्वीकार गर्नुभएको जनाउँदै प्रस्ताव फिर्ता लिएका थिए ।
यसैगरी प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम प्रदेश वनको व्यवस्था गर्नका लागि बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ । उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले सो प्रस्ताव सदनमा पेश गर्नुभएको थियो । प्रदेश सभाको अर्को बैठक मङ्गलबार अपराह्न १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार
-
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु