वाग्मती प्रदेशसभा सचिवालयमा २ विधेयक दर्ता
सोमबार, २९ असार २०७७, १६ : ०८
हेटौंडा । वाग्मती प्रदेशसभा सचिवालयमा प्रदेश सरकारकोतर्फबाट आज दुई वटा विधेयक दर्ता गरिएको छ । दर्ता गरिएका विधेयकमध्ये वातावरण संरक्षणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४ को प्रथम संशोधन र प्रदेशमा आर्थिक कार्यविधि ऐन २०७४ को अध्यादेशलाई संशोधन गर्न बनेको विधेयक २०७७ रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए ।
आगामी साउन २ गते बस्ने प्रदेशसभाको बैठकमा विधेयकलाई पूर्ण छलफलका लागि प्रस्ताव प्रस्तुत हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक