केन्द्रीय संस्करण

संसदीय समितिद्वारा धरहरा, काष्ठमण्डप र रानीपोखरी अनुगमन, तस्बिरमा हेर्नुहोस्

person explore access_timeअसार २९, २०७७ chat_bubble_outline0
फोटोः सुवास श्रेष्ठ

काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले पुर्ननिर्माणको क्रममा रहेका पुरात्त्वात्तिक सम्पदाहरुको स्थलगत अनुगमन गरेको छ ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको सहजिकरणमा समितिले धरहरा, काष्ठमण्डप, रानीपोखरी र सिंहदरबार पुर्ननिर्माणको अनुगमन गरेको हो । 

अहिले कोरोना संक्रमणको जोखिमकैबचि स्वास्थ्य सुरक्षाका उपाय अपनाएर निर्माण कार्य भइरहेको छ । समिति सभापति कल्याणी कुमारी खड्काले भूकम्प गएको लामो समयसम्म काम हुन नसकेपनि पछिल्लो २ वर्षयता निर्माणको कामले गति लिएको बताइन् । स्थानीय स्तरमा उत्पन्न विभिन्न विवादका कारण सुरुमा निर्माण कार्य ढिलो भएपनि पछिल्लो २ वर्षयता निर्माणे गति लिएको उनले बताइन् । 

पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीको काम आगामी २ महिनाभित्र पुरा हुने बताए ।  धरहरा र काष्ठमण्डपको काम आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ भइरहेको उनले बताए । 

भूकम्पले क्षतिग्रस्त सम्पदाहरुको पुर्ननिर्माणका काम पछिल्लो समय तिव्र गतिमा भइरहेको छ । प्राधिकरणले कोरोना संक्रमणको जोखिमकाबीच विभिन्न स्वास्थ्य मापदण्ड बनाएर निर्माणका कामलाई तिव्रता दिइएको बताएको छ । 
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि केही समय पुर्ननिर्माणको काम रोकिएको थियो ।

 सुरुमा स्थानीय स्तरमा कसरी बनाउने, पहिलो कस्तो थियो अहिले कस्तो बनाउने भन्ने विवादका कारण लामो समय निर्माण सुरु हुन सकेको थिएन ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.