शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रामपुरमा नयाँ आयुर्वेद तथा प्राकृतिक अस्पताल निर्माण हुँदै

सोमबार, २९ असार २०७७, १५ : १४
सोमबार, २९ असार २०७७

पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा १५ श्ययाको आयुर्वेद तथा प्राकृतिक अस्पताल निर्माण हुने भएको छ । नगरपालिका– ५ मा रहेको सो अस्पतालको स्तरोन्नति गरी सेवा क्षेत्र बढाउन नयाँ भवन निर्माण शुरु गरिएको हो । विसं २०७६ पुस २५ गते सम्झौता गरी शिवशक्ति कन्ट्रक्सन प्रालीमार्फत निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।

सङ्घीय सरकारको भवन निर्माणअन्तर्गत रु ४८ लाख ७९ हजार ५०० को लागतमा निर्माण हुने भवन विसं २०७८ भदौ २४ गते भित्रमा सम्पन्न हुने रामपुर आयुर्वेद औषधालयका प्रमुख कविराज चेमप्रकाश पोखरेलले जानकारी दिए । 

सो भवन १२ रोपनी आठ आना जग्गामा निर्माण हुँदैछ । नयाँ बन्ने भवनको जग खन्ने काम सम्पन्न भइसकेको छ । आयुर्वेद अस्पतालमा नवौँ तहसम्मका चिकित्सकको दरबन्दी रहनेछ । यसैगरी अस्पतालमा चार चिकित्सक, चार कविराज, दुई बैद्य, प्राविधिक, कार्यालय  सहयोगीलगायतका सरकारले तोकेका कर्मचारीबाट सेवा दिने जनाइएको छ ।

जिल्लामा छ आयुर्वेद औषधालयक सहित सदरमुकाम तानसेनमा आयुर्वेद स्वास्थ्य केन्द्र रहेका छन् । यसअन्र्तगत रामपुर नगरपालिकाभित्र दुई वटा रामपुर आयुर्वेद र गाडाकोट आयुर्वेद औषधालय, रैनादेवी छहरा, रिब्दिकोट, बगनासकाली, माथागढी र पूर्वखोला गाउँपालिकामा एक÷एक वटा रहेका छन् । औषधालयमा कविराज र वैद्य एक÷एक, प्राविधिक दुई, कार्यालय सहयोगी दुई कर्मचारीको दरबन्दी छ ।
       
आयुर्वेदक तथा प्राकृतिक अस्पतालबाट आकस्मिक कक्ष, एक्स–रे, ल्याबलगायतका सेवा सञ्चालन गरिने पाल्पा आयुर्वेद औषधालयका वैद्य निरीक्षक यज्ञप्रसाद गैरेले जानकारी दिए । औषधालयमा ओपिडी, जनरल, आमा सेवा कार्यक्रम, ज्येष्ठ नागरिकलगायतका सेवा प्रवाह भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप