शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टीकाको ‘हे बुढा’मा बान्द्रे र बिमलीको रोमान्स

सोमबार, २९ असार २०७७, १४ : ४१
सोमबार, २९ असार २०७७

 काठमाडौं । गायिका टीका पुनको स्वर रहेको नयाँ गीत ‘हे बुढा’ सार्वजनिक भएको छ । बिदुर आपागाइँको शब्द, हेमन्त शिशिरको संगीत रहेको कमेडी शैलीको गीतमा टीकालाई गायनमा संगीतकार हेमन्तले नै साथ दिएका छन् । 

गीतको म्युजिक भिडियो समेत निर्माण भएको छ । जसमा कमेडी कलाकार सुरज चापागाई ‘बान्द्रे’ र सुशिला निरौला ‘बिमली’को अभिनय देख्न सकिन्छ । 

देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोमा बिपिन चापागाईको छायाँकन, नबिन घर्तीमगरको सम्पादन रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप