शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आफ्नै संगठनको निर्णयप्रति जसपाले जनायो आपत्ति

सोमबार, २९ असार २०७७, १४ : ३०
सोमबार, २९ असार २०७७

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले अमेरिकी सहयोग मेलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बारेमा आफ्ना भातृसंगठन प्रवास विशेष प्रदेश समितिले निकालेको निष्कर्षप्रति आपत्ति जनाएको छ ।

प्रवास कमिटीले तीन सदस्यीय एक कार्यदल गठन गरी एमसीसीको बारेमा अध्ययन गरेर पार्टी र सरकारलाई पनि बुझाएको छ । 

कमिटीले सो प्रतिवेदन प्रचार प्रसारका लागि सञ्चारमाध्यमलाई पनि पठाएको छ । रातोपाटीलाई प्राप्त प्रतिवेदनको आधारमा समाचार पनि प्रकाशन गरेको थियो । 

तर पार्टीले एमसीसीबारे पार्टीको धारणा भनि विभिन्न संचारमाध्यम लगायत समाजिक सञ्जालमा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

आज विज्ञप्ति जारी गरी एमसीसीको बारेमा नीति तथा धारणा निर्माणमा पार्टी आन्तरिक गृहकार्य र छलफल जारी रहेको र हालसम्म पार्टीले निर्णय नगरेको जसपाले जनाएको छ । 

 

प्रतिवेदनकाे मुखपृष्ठ



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप