बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आशिषको ‘गलबन्दी पच्छ्यौरी’ मा वर्षा

सोमबार, २९ असार २०७७, १४ : ०३
सोमबार, २९ असार २०७७

काठमाडौं । युट्युबमा सर्वाधिक हेरिएको म्युजिक भिडियो ‘पिरिम नलाउने’ कोका गायक आशिष सचिनको  अर्काे गीत ‘गलबन्दी पच्छ्यौरी’ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतको भिडियोमा पनि गायक सचिनको समेत अभिनय देख्न सकिन्छ । लकडाउन अगाडि छायाँकन भएको यो गीतमा परम्परागत रोटेपिङ, लिङ्गेपिङ, हाटबजार लगायतको दृश्य समेत राखिएका छन् । 

गीतमा गायक सचिनलाई गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन् । दीपक शर्माको शब्द तथा संगीत रहेको गीतको भिडियो सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् ।   

आशिष सचिनका साथै वर्षा राउत, रेश्मा घिमिरे, पवन खतिवडा म्याकुरी, सिंगे लामा, अरविन खड्का, आर्शिना भट्टराई लगायतको अभिनय रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप