केन्द्रीय संस्करण

उद्धारमा खटिन पौडेलको आग्रह

person explore access_timeअसार २९, २०७७ chat_bubble_outline0

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँका विभिन्न ठाउँमा पहिराका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धारमा खटिन कार्यकर्तालाई आग्रह गरेका छन् ।

वरिष्ठ नेता पौडेलले आज एक विज्ञप्ति जारी गरी स्थानीय तहका जनप्रतिनिधि, नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई घटनास्थलमा पुगेर उद्धार एवम् राहतमा खट्न आग्रह गरेका हुन् ।

बाढीपहिरा जस्ता प्राकृतिक प्रकोपमा आपतकालीन संयन्त्रको प्रयोग गरी तत्काल उचित उद्धार, राहत साथै विस्थापितलाई बासको व्यवस्था मिलाउन वरिष्ठ नेता पौडेलले सरकारसँग माग गरेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.