शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली साहित्य विकास परिषद् यूकेको रजत वार्सिकोत्सव सम्पन्न, ९३ जना सम्मानित

सोमबार, २९ असार २०७७, ११ : ११
सोमबार, २९ असार २०७७

लन्डन । नेपाली साहित्य विकास परिषद् यूकेले आफ्नो स्थापनाकालको २५ औं वर्ष पूरा गरेको अवसर पारेर रजत वार्सिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

 नेपाली भाषा साहित्यको संरक्षण, संवर्द्धन, विकास र नयाँ नयाँ साहित्यिक प्रतिभाहरूको खोजी गर्ने उद्देश्यले सन् १९९५ मा नेपाली साहित्य विकास परिषदको बेलायतमा स्थापना गरिएको हो ।

स्थापना कालको २५ औं वार्सिकोत्सव कार्यक्रममा नेपालका विशिष्ट व्यक्तिहरुलाई समेत ल्याउने तयारी गरिएको भएपनि कोरोना महामारीका कारण भर्चुअल (जुम प्रविधि) को माध्यमबाट कार्यक्रम गरिएको छ । परिषदले रजत वर्षको सुखद उपलक्ष्यमा परिषद् भित्र रहेर वा बाहिरबाट नेपाली भाषा साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुरयाउने परिषद्का संरक्षकलगायत पदाधिकारीहरू, कूटनीतिज्ञ, अन्य संघसंस्थाका साहित्यकार र सञ्चारकर्मीहरू समेत गरि ९३ जना सर्जकहरुलाई २५ हजार रुपैयाँ बराबरको रजत उत्सव विशिष्ट सम्मान पदक तथा २० हजार २५ रुपैयाँ बराबरको साहित्य सम्मान पदक प्रदान गरेको छ । 

परिषद्का संस्थापक तथा पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार सुरेश जङ्ग शाहलाई २५ तोला शुद्ध चाँदीमा बनेको विशिष्ट सम्मान रजत वर्ष अभिनन्दन पत्र तथा पदकबाट सम्मानित गरिएकोछ ।

रजत उत्सव समारोहका प्रमुख अतिथि परिषद्का संरक्षक बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले रजत उत्सव सम्मान पदकको  घोषणा गरेका थिए । 

रजत जयन्तीकै अवसर पारेर परिषदको साहित्यिक प्रकाशन ‘लालीगुराँस’ स्मारिकाको पनि विमोचन गरिएको छ । यसैगरी परिषद्का सल्लाहकार कवि तथा गीतकार घनबहादुर थापा मगरको ’फूलको मुस्कान’ गीति संग्रह, कवि गोपाल पराजुलीको कृति ‘अ सोल्जर इन सर्च अफ पिस’ र लेखक एवं सामाजिक अभियन्ता सुरेन्द्र नेपाल श्रेष्ठको 'मेरो आधा शताब्दी' पुस्तक हरुको पनि विमोचन गरिएको थियो ।

परिषद्का अध्यक्ष कोमल मल्ल श्रेष्ठ नेपाली साहित्यलाई निरन्तरता दिन बेलायतमा हरेक वर्ष लक्ष्मी जयन्ती, भानु जयन्ती, साहित्य सन्ध्या, पुस्तक विमोचन तथा सय वर्ष पुगेका साहित्यिक स्रष्टाहरुलाई सम्मान गर्दै आएको बताउँछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप