मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा ५ केजी लागुऔषध अफिमसहित मोटरसाइकल बरामद

सोमबार, २९ असार २०७७, १० : ००
सोमबार, २९ असार २०७७

जिल्ला प्रहरी कार्यालय मकवानपुर अन्तर्गत रहेको इलाका प्रहरी ५ कार्यालय नेवारपानीले ५ केजी लागु औषध अफिम सहित एक मोटरसाइकल बरामद गरेको छ। हेटौडा उपमहानगरपालिका वार्ड नं–१९ स्थित पूर्व–पश्चिम राजमार्गको नेवारपानीमा शनिबार बिहान ४ः३० बजे सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा मनहरीबाट हेटौँडा तर्फ आइरहेको ना ४३ प ५७८४ नम्बरको मोटरसाइकल चालक बोकेको झोलासहित मोटरसाइकल छोडी जंगलतिर भागेका थिए।

पछि झोला खोली चेकजाँच गर्ने क्रममा अफिम जस्तो देखिने कालो पदार्थ देखिए पछि परीक्षणको लागि केन्द्रिय विधि बिज्ञान प्रयोगशाला काठमान्डौ पठाइएको थियो। परीक्षणबाट उक्त कालो पदार्थ अफिम पुष्टी भएपछि उक्त मोटरसाइकल चालकको खोजी भैरहेको मकवानपुर जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौरले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप