शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा एकैदिन भेटिए २९ हजार बढी कोरोना संक्रमित

सोमबार, २९ असार २०७७, ०९ : १४
सोमबार, २९ असार २०७७

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ८ लाख ७९ हजार ४ सय ४७ रहेको छ । यो आँकडा कोभिड१९इन्डिया डट ओआरजीमा उल्लेख गरिएको छ । आइतबार २४ घण्टाभित्र यहाँ २९ हजार १ सय ५ जना कोरोना संक्रमित भेटिएका छन् । २४ घण्टाभित्र भेटिएको संक्रमितको संख्या यो अहिलेसम्मकै धेरै हो । यसअघि जुलाई ११ मा सबैभन्दा धेरै २७ हजार ७ सय ५४ संक्रमित भेटिएका थिए ।

भारतमा आइतबार १८ हजार १ सय ३९ बिरामी निको भएको भारतीय सञ्चार माध्यमले बताएको छ । अहिलेसम्म यहाँ ५ लाख ५४ हजार ३ सय ७० बिरामी ठिक भइसकेका छन् । पछिल्लो २४ घण्टामा पाँच सय व्यक्तिको ज्यान गएको छ । मृतकको संख्या यहाँ २३ हजार १ सय ८७ पुगेको छ ।

स्रोतः दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप