अमेरिकाको सैन्य जहाजमा विस्फोटपछि आगलागी, तस्विरहरु हेर्नुहोस्
सान डिएगोस्थित अमेरिकाकी जलसेनाको बेसमा रहेको सैन्य जहाजमा भएको विस्फोट र आगलागीमा २१ जना घाइते भएका छन् । अमेरिकी जल सेनाका अधिकारीहरुका अनुसार घाइते हुनेमा १७ जना जहाजका कर्मचारी तथा ४ जना सर्वसाधारण रहेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
लेफ्टिनेन्ट कमान्डर प्याट्रिसिया क्रुजबर्गरका अनुसार ‘युएसएस बोनहोम रिचार्ड’ का घाइते नौसेनाहरुको अवस्था सामान्य रहेको छ । अमेरिकी समयअनुसार आइतबार बिहान भएको आगलागीलाई नियन्त्रण गर्नका लागि विभिन्न अग्निनियन्त्रकहरु घटनास्थलमा पुगेका थिए ।
के कारणले आगलागी भयो भनेर अझै खुल्न नसकेको सीएनएनले जनाएको छ । तर, सुरुवाती जानकारी अनुसार जहाजको वेल डेकबाट यो आगलागी सुरु भएको हुनसक्ने अनुमान गरिएको छ । नौसेनाहरुले जहाज छाड्दै गर्दा विमानमा विस्फोट भएको सान डिएगोका अग्निनियन्त्रक प्रमुख कोलिन स्टोवेलले भने ।
आगलागी पछि नजिक रहेका दुईवटा जहाजलाई पर सारिएको सेनाले जनाएको छ । सेनाका अनुसार युएसएस बोनहोम रिचार्ड एउटा युद्धक जहाज हो । घटना हुँदा जहाजमा १६० जना रहेका थिए ।
तस्विरहरुः रोयटर्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी