बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज – मुम्बई हमलामा २६ को मृत्यु

सोमबार, २९ असार २०७७, ०७ : ३२
सोमबार, २९ असार २०७७

१३ जुलाई, सन् २०११ मा भारतको मुम्बईस्थित विभिन्न इलाकामा बम हमला हुँदा २६ जनाको ज्यान गयो भने १ सय ३० जना घाइते भए । ओपेरा हाउस, झावेरी बजार र दादारमा बिस्फोट भएको थियो  ।

स्थानीय समयअनुसार साँझ ६ बजेर ५४ मिनेटमा झावेरी बजारमा पहिलो बिस्फोट भयो, यहाँ एक गल्लीतस्थित मोटसाइकलमा बम राखिएको थियो । त्यस्तै, अर्को बम चर्नी रोडस्थित ओपेरा हाउस इलाकामा एक टिफिन बक्समा राखिएको थियो, जुन ६ बजेर ५५ मिनेटमा बिस्फोट भयो । झावेरी बजार र ओपेरा हाउसमा सुन र हिराका गरगहनाको कारोबार हुने इलाका हुन् ।  घटना हुँदा यहाँ गरगहना उद्योगसँग जोडिएका ५ हजारदेखि ६ हजार मानिस काम गरिरहेका थिए । अर्को, बम ददार इकालाको काबुलटारस्थित एक बस स्ट्यान्ड नजिकको इलेक्ट्रोनिक पोलमा राखिएको थियो, यो बम ७ बजेर ६ मिनेट जाँदा बिस्फोट भयो ।

बिस्फोट लगत्तै  सञ्चार सेवा केही घण्टाका लागि अवरुद्ध भएको थियो । दिल्ली, चेन्नई, हैदरावाद, बैङगलोरलगायतका अन्य क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा पारियो । घाइतेहरुलाई मुम्बईका विभिन्न अस्पताल लगियो र सर्वसाधारणलाई घरभित्रै बसेर न्युज च्यानल हेर्न आग्रह गरियो ।

तत्कालीन गृहमन्त्री पी चिन्दबरमले यी हमलामा आंतकवादीको संलग्नता रहेको प्रतिक्रिया दिए । त्यस्तै, महाराष्ट्रका मुख्यमन्त्री पृथ्वीराज चौहानले यसलाई हिन्दूस्तानको मुटुमा भएको हमला भने ।

सुरुवातमा, प्रहरीले इन्डियन मुजाहिदिन वा अन्डरवल्र्डका माफियाहरुले यस्तो आक्रमण गराएको हुनसक्ने अशंका गरेको थियो । १३ जुलाईलाई कास्मिर सहिद दिवसका रुपमा मनाइने गरिएकाले यसमा कास्मिरी विभाजनकारी समुहहरुको संलग्नता रहेको हुनसक्ने आशंका पनि गरियो । शंकास्पद धेरै व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइयो । सन् २०१३ मा इन्डियन मुजाहिदिनका सह–संस्थापक यासिन भटकल पक्राउ गरे । महाराष्ट्र प्रहरीको आतंकवाद निरोधक दस्ताले भटकल र उनका साथी असादुल्लाह अख्तरविरुद्ध विभिन्न अभियोगमा मुद्दा चलायोे । भारतका दिल्ली, वनारस, मुम्बईलगायत विभिन्न शहरमा फरक समय भएका १० वटा बम बिस्फोटका हमलामा संलग्न रहेको आरोप उनीविरुद्ध लागेको थियो । भटकलले प्रहरीसामु बिस्फोटमा आफ्नो संलग्नता रहेको र यसप्रति गर्व लागेको बयान दिए । 

सन् १९९० को दशकयता मुम्बईमा कम्तिमा ६ पटक यस्तो ठूला बिस्फोट भइसकेको छ र विभिन्न बिस्फोटमा झन्डै ६ सय जनाले ज्यान गुमाएका छन् ।

अन्य घटनाक्रम

सन् १८८२– रुसमा रेल दुर्घटना हुँदा २ सय जनाको मृत्यु ।

सन् १९९५– बंगाली लेखिका आशापूर्णा देवीको निधन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप