मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीको नाम जोडेर अनर्गल समाचार प्रसारण गरेकोमा सरकारको आपत्ति

आइतबार, २८ असार २०७७, २२ : २२
आइतबार, २८ असार २०७७

काठमाडौं । केही भारतीय सञ्चारमाध्यमले नेपाल र नेपाल सरकारका कार्यकारी प्रमुखलाई जोडेर अनर्गल समाचार प्रसारण गरेकामा सरकारले आपत्ति जनाएको छ । ती भारतीय माध्यममा आएका नेपालसम्बन्धी पछिल्ला सामग्री गलत, आधारहीन, असंवेदनशील र नेपालको नेतृत्वलाई आरोपित गर्ने खालको भएको नेपाल सरकारको भनाइ छ । 

सरकारले भारतीय सञ्चारमाध्यमबारे बनाएको धारणामा भनिएको छ, ‘त्यस्ता प्रकारका सामग्रीले गलत सूचना दिने मात्रै नभई न्यूनतम सभ्य समाजको सार्वजनिक प्रतिष्ठालाई क्षतिग्रस्त बनाएको छ । यस्ता प्रकारका प्रभावित सामग्री प्रसारणको अभियानले नेपाल र भारतबीचको भावनामा गम्भीर आघात पुर्याउन सक्नेछ ।’

नेपाल र भारतीबीचको जनस्तरको द्विपक्षीय ऐतिहासिक, सांस्कृतिक, आर्थिक र  सामाजिक सम्बन्ध तथा अन्य महत्वपूर्ण पक्ष रहेको एवं आपसी सम्बन्ध सार्वभौम समानता, मित्रता, विश्वास र परस्पर सम्मानका आधारमा रहेको नेपालको भनाइ छ ।

आपसी सम्बन्धलाई प्रगाढ बनाउन सञ्चार क्षेत्रले सही सूचनाको प्रवाह तथा सही सोचको निर्माणमा प्रभावकारी र रचनात्मक भूमिका निर्वाह गर्न सक्ने जनाउँदै सरकारले प्रेस स्वतन्त्रताको सीमा र आचारसंहिताका बारेमा पनि स्मरण गराएको छ ।

त्यस प्रकारका गलत, विभाजनयुक्त र घृणायुक्त सामग्रीले नेपाल र नेपाली जनतालाई अवहेलना गरेको जनाउँदै यसले एक्काइसौँ शताब्दीका छिमेकी मुलुकका देशलाई हित नगर्ने पनि स्पष्ट गरेको छ ।  त्यस्ता सामग्री सम्प्रेषण गर्नेमाथि उपयुक्त कारवाही गर्न र आगामी दिनमा यस्तो नहुने वातावरण निर्माणका लागि भारतीय पक्षसँग आग्रह गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप