मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

अवैध मृगौला प्रत्यारोपणको आरोपको पुरानो मेडिकल कलेज चिवतनद्वारा खन्डन

आइतबार, २८ असार २०७७, २२ : १३
आइतबार, २८ असार २०७७

चितवन । पूरानो मेडिकल कलेज चितवनले अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको आरोपको खन्डन गरेको छ । 

मृगौला पीडित बिरामीको जीवन रक्षाका लागि स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयले तयार गरि प्रमाणित तथा प्रमाणिकरण गरेका कागजपत्रका आधार र विश्वास एबम् प्रत्यारोपण स्वीकृती समितीको सिफारिस बमोजिम कलेजले प्रत्यारोपणको कार्य गर्दै आएको जनाएको छ । 

कलेजले आज एक विज्ञप्ती जारी गर्दै जिम्मेवार चिकित्सिकहरू, प्रमुख सञ्चालन अधिकृत, जिल्ला प्रशासन कार्यालयका अधिकृत र एक जना अधिवक्तासमेतलाई मानव बेचविखन अनुसन्धान ब्यूरो काठमाडौंले सोधपुछ लागि उपस्थित गराई थप अनुसन्धान गरिरहेको पनि बताएको छ । 

कुनै पनि घटनाका विषयमा राज्यका अंगहरूले प्रश्न उठाएपछि त्यस सम्बन्धी जानकारी गराउनु, छानविनका लागि सहयोग गर्नुलाई यस स्वास्थ्य संस्थाले आफ्नो दायित्व सम्झेको छ । कलेजभन्दा बाहिर अंग ग्रहणकर्ताको परिवार वा दाताका बीचमा हुने सहमती तथा तत् सम्बन्धी कामका लागि राज्यका विभिन्न निकायबाट बनाइने कागजात र सरकारी निकायको कामप्रतिको विश्वासकै आधारमा कलेजले प्रत्यारोपण सम्बन्धी काम गर्दै आएको विगतको अनुभव छ । 

अवैधानिक र गैरकानुनी काम वा कलेजको निहित स्वार्थका लागि कुनै पनि गतिविधी कलेजका तर्फबाट नभएको हाम्रो कलेजको छ । मानव अंग प्रत्यारोपण जस्तो पवित्र काममा सेवा प्रदान गर्ने, जीवन बचाउने स्वास्थ्य संस्था र बिषेशज्ञ कित्सकलाई स्वतन्त्रतापूर्वक र झन्झटरहित ढंगले काम गर्ने गराउने वातावरण सिर्जना गर्ने कानुनी व्यवस्था गर्दा मात्रैं देशमा मानव अंग प्रत्यारोपणको दर बढ्ने र पीडितहरुले नयाँ जीवन पाउने ग्यारेन्टी हुन्छ भन्ने आभाष भएको पनि बताएको छ । 

चिकित्सा विज्ञानले विकास गरेका नयाँ र आधुनिक स्वास्थ्य उपकरणहरू खरिद, सेवालाई विशिष्टिकृत गर्ने काममा पूरानो मेडिकल कलेज चितवनले चार जनाको मृर्गाला प्रत्यारोपण गरेको छ । 

नेपाल सरकारबाट वि.स. २०६९ सालमा पहिलोपटक राजधानी काठमाडौं बाहिर मृगौला प्रत्यारोपण सम्बन्धि स्वीकृती पाएको यस स्वास्थ्य संस्थाले हालसम्म चार जनाको मृगौला पीडित बिरामीको सफल प्रत्यारोपण गरिसकेको छ । २०७२ बैंशाख ११ र १२ गते दुई जनाको र २०७६ जेठ २७ गते र सोही वर्षको माघ ६ गते थप दुई जना गरेर हालसम्म जम्मा चार जना मृगौला पीडित बिरामीहरुलाई नयाँ जीवन दिन यस कलेज सफल भएको छ । 

नेपाल सरकार स्वास्थ्य सेवा विभागबाट शिक्षण अस्पतालले मानव अंग्रत्यारोपण सम्बन्धि अनुमति पत्र प्राप्त गरि कलेजका तर्पmबाट पूरा गर्नु पर्ने सम्पूर्ण आवश्यक प्रक्रिया पूरा गरि सफलतापूर्वक प्रत्यारोपण गरिएको जानकारी अस्पतालले दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप