शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जनता समाजवादीले पायो आयोगबाट दल दर्ताको प्रमाणपत्र

आइतबार, २८ असार २०७७, २१ : २३
आइतबार, २८ असार २०७७

निर्वाचन आयोगमा जनता सामाजवादी पार्टी नेपाल औपचारिकरुपमा दर्ता भएको छ । जनता समाजवादी पार्टीले आज निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको जनाएको छ ।

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टीलाई प्रमाणपत्र र आधिकारिक पत्र प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ । समाजवादी पार्टीले एक विज्ञप्ति जारी गर्दै आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको जनाएको छ । यस कार्यका लागि उक्त पार्टीले आयोगप्रति आभार व्यक्त गरेको छ । 
    
साथै प्रत्यक्ष र अप्रत्यक्षरुपमा सहयोग गर्ने पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई बधाई तथा हार्दिक शुभकामना व्यक्त गरेको छ । अग्रगामी परिवर्तनका पक्षधर, सङ्घीयता, राष्ट्रिय पहिचान, सुशासन, लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र सामाजवादप्रति समर्पित सम्पूर्ण राजनीतिक शक्ति र व्यक्तिलाई समाजवादी पार्टी नेपालमा आबद्ध हुन पनि समाजवादीले आह्वान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप