बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा कोरोना निको हुनेको संख्या १ हजार ४७१ पुग्यो

आइतबार, २८ असार २०७७, २० : २६
आइतबार, २८ असार २०७७

 कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरस संक्रमण निको हुनेको संख्या १ हजार ४७१ पुगेको छ । 

आइतबार डडेल्धुराबाट ७१, कञ्चनपुरबाट ११ र अछामबाट ५२ गरी १३४ संक्रमित निको भएर घर गएपछि प्रदेशमा जम्मा निको हुनेको संख्या १ हजार ४७१ पुगेको हो ।

 त्यसैगरी आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट १० जना कोरोना संक्रमित पुष्टि भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए ।

प्रदेशमा हालसम्म २६ हजार ३९७ जनाको पीसीआर बिधिबाट जाँच गरिएकोमा २२ हजार ६२९ जनाको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।

७ सय २३ को रिपोर्ट आउन बाँकी रहेको छ । हालसम्म फेला परेका संक्रमितहरुमा अछामका ५९१, बैतडीका २९८, बझाङ्गका १६० ,बाजुरा ४४६, डडेल्धुराका २७५, दार्चुलाका २०, डोटीका ५३५ , कैलालीका ९९६ र कञ्चनपुरका ४४६ गरी ३ हजार ७६८ जना रहेका छन् । जसमा महिला ८६८ र पुरुष २ हजार ९०० जना रहेका छन् । जसमध्ये ८ जनाको मृत्यु भएको छ । 

यसैगरी क्वारेन्टिनमा ४ हजार २४७ पुरुष र १ हजार ३४२ महिला रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप