मिर्गौला तस्करी प्रकरणः १२ जनालाई थुनामा राख्न अनुमति
काठमाडौँ । जिल्ला अदालत ललितपुरले मिर्गौला तस्करीको अभियोगमा पक्राउ परेका १२ जनालाई थुनामा राख्न आदेश दिएको छ । उनीहरुलाई थुनामा राखेर थप अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले आइतबार प्रहरीलाई अनुमति दिएको हो ।
अवैध मिर्गौला प्रत्यारोपन गरेको भन्दै नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले ३ चिकित्सक, एक वडाअध्यक्ष, दुई प्रहरी र जिल्ला प्रशासन कार्यालयका दुई कर्मचारीलाई पनि पक्राउ गरेको छ ।
भरतपुर मेडिकल कलेजका डाक्टरहरु राकेश कुमार बर्मा, सुप्रभात श्रेष्ठ र बालकृष्ण कालाखेती, ललितपुर महानगरपालिका– ३ का वडा अध्यक्ष गोपाल मर्हजन, प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल र प्रहरी नायब निरीक्षक योगेन्द्र थपलिया पक्राउ परेका ब्यूरोका एसपी प्रभु ढकाल बताउँछन् ।
एसपी ढकालका अनुसार जिल्ला प्रशासन कार्यालयका तत्कालीन खरिदार नवराज केसी र कार्यालय सहायक रामकुमार केसी पनि पक्राउ परेका छन् । त्यस्तै कलेज अफ मेडिकल साइन्सेज टिचिङ हस्पिटल भरतपुरका कानुनी सल्लाहकार रमेश काफ्ले, जिप्रका चितवनमा प्रशासकीय अधिकृतमा कार्यरत रामचन्द्र ढकाल, जमुना राज भण्डारी र रेश्मा राई पक्राउ परेका छन् ।
२७ जेठ २०७६ मा चितवन मेडिकल कलेजमा अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनीहरु समेतको मिलेमतोमा सरकारी कागजात कीर्ते गरेर मिर्गौला प्रत्यारोपण गरिएमने ब्यूरोले जनाएको छ ।
उनीहरुले नक्कली भाञ्जा खडा गरेर मिर्गौला प्रत्यारोपण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी