केन्द्रीय संस्करण

अध्यक्ष तिमिल्सिनाद्वारा शोक वक्तव्य जारी

person explore access_timeअसार २८, २०७७ chat_bubble_outline0

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बाढी तथा पहिरामा परिवार गुमाउनुहुने तथा प्रभावित परिवारको तुरुन्त उद्धार, राहत, पुनःस्थापना तथा विपद्को जोखिममा परेको बस्ती संरक्षणमा तदारुकताका साथ लाग्न सरकारसँग अनुरोध  गरेका छन् ।

उनले आज शोक वक्तव्य जारी गरी बाढीपहिराबाट ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै केन्द्र, प्रदेश तथा स्थानीय सरकार तथा सम्बद्ध अधिकारीलाई उद्धार, राहत र पुनःस्थापनामा लाग्न अनुरोध गरेका हुन् ।
    
सङ्घीय संसद् अधिवेशन अन्त्य भएको अवस्थामा सम्पूर्ण सदस्यलाई आआफ्नो क्षेत्रमा आवश्यक सहयोग, समन्वय गर्न अनुरोध गर्दै उनले अझ केही समय मनसुन सक्रिय रहने हुँदा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सचेत, सजग र सुरक्षित रहनसमेत आह्वानसमेत गरेका छन् ।
    
लगातार तीन दिन देखिको अविरल वर्षाका कारण मुलुकभरमा १८ जिल्ला बढी प्रभावित भएका छन् । पछिल्लो तथ्याङ्कअनुसार प्रभावित जिल्लामध्ये म्याग्दीमा २८, जाजरकोटमा नौ, कास्कीमा सात, लमजुङमा तीन, रुकुम पश्चिममा दुई, सिन्धुपाल्चोकमा तीन, नवलपरासीमा दुई, कालिकोटमा एक, गुल्मीमा एक र सुनसरीमा एक गरी ५५ जनाले ज्यान गुमाएका छन् । 
    
यसैगरी सिन्धुपाल्चोकमा २०, जाजरकोटमा छ र म्याग्दीमा तीन गरी ३० जना अझै बेपत्ता नै छन् भने विभिन्न जिल्लामा गरी करिब ५० जना घाइते भएका छन् । अहिलेसम्म बाढी तथा पहिराबाट विस्थापित घरपरिवारको सङ्ख्या झण्डै ८०० पुगेको छ । 
    
ठूला नदीमा पानीको प्रवाह बढेसँगै तराई क्षेत्रमा डुबान र पहाडी तथा मध्यपहाडी क्षेत्रका विभिन्न स्थानमा बाढी र पहिराका घटना बढिरहेका छन् । जसका कारण मुलुकका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भइरहेको छ र सयौँ परिवार विस्थापित भएका छन् ।
    
कोभिड–१९ को जोखिम कायमै रहिरहेका अवस्थामा देशभर मनसुन सक्रिय भएसँगै भारी वर्षा हुँदा विभिन्न क्षेत्रमा बाढी, पहिरा र डुबानका कारण अधिकांश क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.