शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीलाई एक लाख ५० हजार घुस दिन खोज्ने दुई जना पक्राउ

आइतबार, २८ असार २०७७, १९ : २४
आइतबार, २८ असार २०७७

दाङ । दाङमा प्रहरी निरीक्षकलाई एक लाख ५० हजार रुपैया घुस दिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

लागुऔषध (ब्राउन सुगर) मुद्दामा पक्राउ परेका सागर केसी भनिने दुर्गाराम खत्रीको मुद्दा मिलाई दिनुप-यो भनि जवरजस्ती एक लाख ५० हजार रुपैया घुस दिने खोज्ने दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता सुमित खड्काले जानकारी दिए ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १८ सुपैलाकुटी बस्ने २७ बर्षीय गोबिन्द शाह र प्युठान स्वर्गद्वारी नगरपालिका वडा नं. ५ भिङ्ग्री घरभै हाल दाङको लमही नगरपालिका वडा नं. ५ लमही बजार बस्ने ३० वर्षीय समिर भण्डारी रहेको प्रवक्ता खड्काले जानकारी दिए । 

उनीहरुले शनिवार वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमाललाई कार्यकक्षमै भेट गरी कुराकानीका क्रममा उक्त रकम घुस दिन खोजेको प्रहरीले जानकारी दिएको छ । 

पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागी आइतवार प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल पठाएको खड्काले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप