भारतीय समाचारप्रति आपत्ती जनाउँदै सरकारले लेख्यो भारतलाई पत्र
आइतबार, २८ असार २०७७, १८ : ३६
काठमाडौं । भारतीय सञ्चारमाध्यममा आएका समाचारलाई लिएर नेपाल सरकारले भारत सरकारलाई पत्र पठाएको छ । स्रोतका अनुसार भारतीय सञ्चारमाध्यममा नेपाल र यहाँका प्रधानमन्त्रीको बारेमा आएका समाचारहरु आधारहिन, कपोकल्पि, बनावटी रहेको र त्यसले नेपालीको भावनामा चोट पुराएको भन्दै भारत सरकारलाई कुटनीतिक नोट पाठएको छ ।
त्यस खालको समाचारले दुई देशको सम्बन्धमा असरसमेत पर्ने भएकाले त्यसमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै भारत सरकारलाई कुटनीति नोट पठाएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
चिनियाँ राजदूत र प्रधानमन्त्री केपी शर्मा अोलीलाई लिएर त्यहाँका सञ्चारमाध्यमले आपत्तिजनक समाचार प्रशारण गरेपछि नेपालमा त्यसको विरोध भएको थियो । नेपालमा भारतीका केही न्युज च्यानल बन्द पनि गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईईको प्रश्नपत्र आउट भएको घटनामा एक विद्यार्थी पक्राउ
-
आईपीएलमा आज : नौ वर्षपछि घरेलु मैदानमा कोलकातालाई हराउने धुनमा बैंगलुरु
-
घान्द्रुकमा पर्यटन महोत्सव हुने, घोडा दौडाउने प्रतियोगिता
-
आगामी आर्थिक वर्षको कर नीतिका लागि सुझाव माग
-
प्रदेश भागबन्डामा कुनै सहमति भएको छैन : प्रवक्ता सापकोटा
-
सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ३० हजार