बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ पेट्रोल पम्पका लागि आवेदन दिएकाहरुले लाइसेन्स नपाउने

आइतबार, २८ असार २०७७, १७ : ३९
आइतबार, २८ असार २०७७

काठमाडौं । नेपाल आयाल निगमले नयाँ पेट्रोल पम्पका लागि खोलेको नयाँ आवेदन खारेज गरेको छ । निगमले नयाँ बिक्रेता नियुक्तिका लागि गत वर्ष २०७६ बैशाख १० गते आह्वान गरेको सार्वजनिक सूचना खारेज गरेको हो । आइतबार निगमकै केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै निगमले सोबारे जानकारी दिएको छ । पत्रकार सम्मेलन मार्फत निगमले चाहेको र राखेको मापदण्ड विपरित अधिकतम एक हजार २५ वटा सम्म आवेदन परेपछि आवेदन खारेज गर्नुपरेको बताएको छ ।

नयाँ लाइसेन्सका लागि परेका आवेदनहरु जनसंख्या, भूगोल, सवारी साधनको संख्या एवम् सडक घनत्वका आधारमा नपरेको तर एक्कै स्थान विशेषमा नै एकिकृत हुने गरी आएकाले सबै आवेदन रद्द गर्नुपरेको निगमका कार्यकारी निर्देशक(सिईओ) सुरेन्द्र पौडेलले बताए ।

‘हामीले उच्च सवारी चाप भएका र पम्पहरुको उपस्थिति कम भएका स्थानहरुका लागि आवेदन माग गरेका थियौं । नयाँ खोलिएका सडक सञ्जालहरुमा समेत पेट्रोल पम्प पुगेस् भन्ने ध्यय थियो । तर आवेदनहरु त्यसरी आएन ।’ सिईओ पौडेलले भने, ‘अधिकांश पेट्रोल पम्पहरु तराई क्षेत्रबाट परेका छन् । एकै क्षेत्रमा तीन किलोमिटरभन्दा पनि नजिक नजिकबाट आवेदनहरु परेका छन् । पम्पका लागि आवश्यक मापदण्ड पुरा गरेका भएपनि अनावश्यक स्थानमा परेकाले दिन सकेनौँ ।’

पौडेलले भने हामीले बरु हामीले मध्यलोकमार्ग जस्ता नयाँ सडकहरुमा पम्पका लागि आवेदन चाहेका थियौँ । त्यहाँबाट एउटा पनि आवेदन आएन । पौडेलका अनुसार यता काठमाडौँ उपत्यकाबाट समेत एउटा पनि आवेदन परेको छैन । तर यता, निगमको सूचनामा कुल १ हजार २५ आवेदन परेका छन् ।

रद्द भएका आवेदन पुनः प्रकृया पु¥याएर निश्चित मापदण्ड बनाएर फेरी पनि सार्वजनिक रुपमा आवेदन आह्वान गरिने सिईओ पौडेलको भनाइ छ । यता रद्द भएका आवेदकहरुको निवेदन शुल्क भने आवश्यक प्रक्रिया पु¥याएर फर्ता लैजान निगमले सम्बन्धीत आवेदकहरुलाई आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप