शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, सक्रिय संक्रमित भन्दा निको हुने धेरै

आइतबार, २८ असार २०७७, १६ : २६
आइतबार, २८ असार २०७७

काठमाडौं । नेपालमा थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ५ र ललितपुरका १ सहित थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् । 

हाल सक्रिय संक्रमतिको संख्या ८ हजार १७४ रहेको उनले बताए । यस्तै डिस्चार्ज भएकासहित कूल संक्रमित १६ हजार ८०१ जना रहेको पनि बताए । 

गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४७ संक्रमण निको भएर डिस्चार्ज भएका छन् भने योसँगै डिस्चार्ज हुनेको कूल संख्या ८ हजार ५८९ रहेको छ । यो भनेको सक्रिय संक्रमित भन्दा निको भएर घर फर्किनेको संख्या धेरै रहेको छ । 

पछिल्लो २४ घण्टामा २५ प्रयोगशालाबाट ३९१६ जनाको परीक्षण भएको थियो ।

हालसम्म क्वारेन्टिनमा २३ हजार ७८४ र आइसोलेशनमा ८ हजार १७४ जना रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप