शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तीनकुनेको खाली जग्गामा ट्राफिक प्रहरीले रोप्यो फूल

आइतबार, २८ असार २०७७, १६ : १३
आइतबार, २८ असार २०७७

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर स्थित खाली जग्गामा ‘पुष्परोपण कार्यक्रम’ सम्पन्न गरेको छ । 

आइतबार आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि तथा महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेलले पुष्परोपण गरी उद्घाटन गरेका हुन् ।

महाशाखाले सडकको छेउलाई  मनमोहक, रौनक र रङ्गिन बनाई सुन्दरता वढाउन फूल रोप्न थालेको हाे । 

महाशाखाका प्रमुख प्रहरी वरिष्ट उपरीक्षक भिम ढकालले महाशाखा लगायत मातहतका ४४ वटै ट्राफिक कार्यालयहरूले ३५० भन्दा वढी फूलका विरुवाको व्यवस्था गरेको जानकारी दिए ।  

ढकालले ती ट्राफिक कार्यालयहरू आफूले रोपेका फूलहरूलाई आफैले नै रेखदेख गर्ने र ३ महिनापछि सवैभन्दा उत्कृष्ट विरूवा (फूल) बनाउने कार्यालयलाई पुरस्कृत गर्ने कुरा पनि बताए ।

नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल नजिकै रहेको तीनकुने पर्यटकहरू आवातजावत गर्ने मुल ढोका समेत रहेकोले त्यहाँ रहेको खाली जग्गामा फूलहरू रोपि सडकलाई मनमोहक बनाउन खोजिएको महाशाखाले जनाएको छ  । 

अमला, वेगमवेली, तेजपत्ता, रिठ्ठा, मसला, धुपी, पारिजात, कपुर, रातकी रानी, कामिनी, किम्बु, चाँप, चाईनिज गुलाव, समी, मेन्टोगेटा, एभोगाडो, हेमनकस, आरू जस्ता ३५० बढी विरूवा ट्राफिक प्रहरीका अधिकृत तथा जवानहरूले आज रोपेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप