मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालकै पहिलो गुगल एन्ड्रोइड टिभी अब सिजी ब्राण्डमा, के के छन् विशेषताहरु ?

आइतबार, २८ असार २०७७, १४ : २६
आइतबार, २८ असार २०७७

काठमाडौं– नेपालकै सबैभन्दा ठूलो र नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै नेपाली बजारमा एन्ड्रोइड टिभी भित्राएको छ । नेपालकै पहिलो पटक गुगलबाट मान्यता प्राप्त गर्न सफल एन्ड्रोइड टि.भी. सि.जी.ले आफ्नो नेपाली ब्राण्डमा ल्याएकोे छ । 

गुगल एन्ड्रोइड टिभी स्मार्ट टेलिभिजनका लागि गुगलद्वारा बनाइएको एक विशेष संस्करणको एन्ड्रोइड अपरेटिङ सिस्टममा चल्ने स्मार्ट टेलिभिजन हो । गुगल एन्ड्रोइड टिभीको सफ्टवेयर र प्रोग्रामहरु अपडेट गर्ने देखी सम्पूर्ण सफ्टवेयरको समस्याहरुको समाधान गुगलले नै गर्ने गर्दछ । यस गुगल एन्ड्रोइड टिभीमा एन्ड्रोइडको नयाँ संस्करण एन्ड्रोइड पाई९ प्रयोग भएको छ ।

बेजल लेस युक्त यो टिभी धेरै भन्दा धेरै विशेषताहरुले भरिपूर्ण छ । गुगलबाट मान्यता प्राप्त भएको कारण अब तपाई यो टिभीको माध्यमबाट हरेक काम सजिलैसँग गर्न सकिन्छ । यो टिभी सिजीले नेपाली ग्राहकहरुलाई ध्यानमा राखेर बनाईएको हो । 

यो टिभी आफ्नो बजेट अनुरुप विभिन्न साइजहरुमा किन्न सकिन्छ । यो टिभी ३२ इन्च देखि ७५ इन्च सम्ममा उपलब्ध छ । साथ साथै यो टिभीसँगै एउटा भ्वाइस कन्ट्रोल रिमोट पनि उपलब्ध गराएको छ । यो रिमोटको सहायताले हामी बोलेरै लेख्न, अवाज कम वा बढी गर्न, टिभी बन्द गर्न आदि जस्ता थुप्रै काम गर्न सकिन्छ । 

यसको प्रमुख विशेषताहरुमा गुगल असिस्टेन्ट रहेको छ । जसको मद्दतले तपाईले बोलेर टिभीलाई नियन्त्रण गर्ने, इन्टरनेटमा जानकारी खोजी गर्ने, मौसमको पूर्वानुमान थाहा पाउने, आफ्नो नजिकै रहेको रेस्टुरेन्ट, सिनेमा हल, पेट्रोल स्टेशन, बाइक मर्मत केन्द्र पत्ता लगाउने, नयाँ ठाउँको बाटो पत्ता लगाउने आदि इत्यादी गर्न सकिन्छ । 

त्यस्तै अर्को प्रमुख विशेषतामा क्रोमकास्ट रहेको छ । यस गुगल एन्ड्रोइड टिभीमा रहेको क्रोम कास्टको प्रयोगले तपाईंले आफ्नो मोबाइलबाट मनपर्ने भिडियोहरू, गेमहरू टिभी स्क्रिनमा हाई क्वालिटीमा हेर्न सकिन्छ । कास्ट बटनको केवल एक प्रयोगले युट्यूब, फेसबुकको भिडियो टिभी स्क्रिनमा हेरी मजा लिन सकिन्छ । त्यसैगरि गुगल प्लेस्टोरको माध्यबाट नयाँनयाँ एप र गेम रोजी रोजी डाउनलोड गरि प्रयोग गर्न सकिन्छ । 

गुगल प्ले मुभिज र टिभी, गुगल प्ले गेम्स जस्ता थुप्रै विशेषताहरु यस टिभीमा रहेको छ । यस गुगल एन्ड्रोइड टिभीमा २ जिबी र्याम र १६ जिबी रोमको प्रयोग गरिएको छ । त्यसैगरि अर्को डल्बी डिजिटल साउण्डको प्रयोग गरिएको छ । जुन डल्बी ल्याब्सद्वारा बनाइएको मल्टी च्यानल अडियो कोडेक हो जसले सिनेम्याटिक साउन्डको अनुभव प्रदान गर्दछ । कम्पनीले यो टिभीमा ३ वर्षको वारेन्टी प्रदान गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप