हजुरबा बने बाबुराम
काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आइतबार बिहान शिशु बोकेको ३ वटा फोटो ट्वीटरमार्फत सार्वजनिक गर्दै लेखे, ‘बल्ल हजूबा भैयो ।’
उनकी एकमात्र छोरी मानुसी यमी भट्टराईले आइतबार बिहान छोरालाई जन्म दिएकी हुन् ।
ट्वीटरमा भट्टराईले छोरी मानुसी र ज्वाईँ जकेन्द्र श्रेष्ठलाई बधाई दिँदै आफ्नो परिवारमा २२ औं शताब्दी देख्ने शिुशुको जन्म भएको बताएका छन् ।
नाती समातेको २ वटा फोटो र अर्को परिवारका सदस्य सहितको फोटो सार्वजनिक गर्दै भट्टराईले सफल अपरेशनका लागि डा गीता गुरुङ र उनको टिमलाई धन्यवाद समेत दिएका छन् ।
बल्ल हजूरबा भैयो!असार२८गते विहान१०.०५ बजे टिचिंग अस्पतालमा छोरी मानुषी र ज्वाइँ जेकेन्द्रलाई पुत्रलाभ भएको छ! डा.गीता गुरूंग र टिमलाई सफल अपरेसनकालागि धन्यवाद! अहिलेसम्म हाम्रो परिवारमा २२औं शताब्दी देख्ने सम्भावना भएको एकमात्र शिशुको सुस्वास्थ्यको कामना!मानुषी-जेकेन्द्रलाई वधाइ! pic.twitter.com/8YgvKYOhee
— Baburam Bhattarai (@brb1954) July 12, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
-
१६ औँ पञ्चवर्षीय योजना सनातनी र परम्परागत भयो: उपप्रधानमन्त्री यादव
-
शिव र मनिलालाई छिन्नलता पुरस्कार
-
शिक्षा मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण
-
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई
-
अब मोबाइल एप मोबैंकबाट सजिलै भवन निर्माण इजाजत शुल्क तिर्न सकिने