सलमान खानको यी अभिनेत्रीसँग हुँदै थियो विवाह, कार्ड छापेपछि रोकियो
एजेन्सी – आफ्नो समयकी सबैभन्दा सुन्दर अभिनेत्री संगीता बिजलानी ६० वर्ष पुगेकी छिन् । पछिल्लो समय बलिउडबाट टाढा रहेकी बिजलानी व्यक्तिगत जीवनशैलीका कारण अझै पनि चर्चामा आइरहन्छिन् । आफूलाई सधैं फिट र सुन्दर राख्ने बिजलानी अझै पनि जवान अभिनेत्रीसरह नै देखिन्छिन् ।
विशेषतः उनको जीवनमा सबैभन्दा बढी चर्चा सुपरस्टार सलमान खानसँग सम्बन्धका कारण भयो । अझैसम्म अविवाहित सलमान खानसँग उनको विवाहको योजनासमेत बनिसकेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
बिजलानीको विवाह सलमान खानको एकपटक बिहे लगभग पक्का भइसकेको थियो । तर, के कारणले उक्त बिहे रोकिएको थियो कसैलाई थाहा छैन । सलमान खानले कलाकार तथा मोडल संगीता बिजलानीसँग बिहे गर्ने चर्चा थियो ।
सन् १९९४ को २७ मे मा सलमान र संगीताले बिहे गर्ने तय पनि भएको थियो । सलमानले नै यो मिति चुनेका थिए र संगीताको भेट सन् १९८६ मा भएको थियो । यी दुईले लामो समय सँगै काम गरे । सन् १९९३ मा सलमान खानले आफूले बिहे गर्न चाहेको अन्तर्वार्ताका क्रममा खुलाएका पनि थिए ।
अर्को एक अन्तर्वार्तामा त सलमान खानले यो पनि खुलाएका थिए कि, संगीतासँग बिहे गर्नका लागि कार्ड पनि छापिएको थियो । तर, संगीताले उक्त बिहे गर्नमा इन्कार गरिन् । खासमा सलमानको परिवार पनि यो बिहेका लागि राजी थिए । तर, संगीताको परिवार खासै खुशी हुन सकेका थिएनन् ।
यो बिहे पनि त्यसै भाँडिएको थिएन । संगीतालाई सलमानको सोमी अलीसँग पनि अफेअर चलेको थाहा भयो । यो थाहा पाएपछि संगीताले बिहे इन्कार गरेकी थिइन् । त्यसपछि संगीताले क्रिकेटर मोहम्मद अजहरुद्दीनसँग सन् १९९६ मा बिहे गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह
-
अभिनेताले भने, ‘कबीर सिंह’ गरेर पछुतो छ, निर्देशकले दिए चलचित्रबाट अनुहार नै हटाउने चेतावनी
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी