बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीले गौर भन्सार जिल्ला प्रहरी कार्यालयसहित ३ सय बढी घर डुबानमा

आइतबार, २८ असार २०७७, १२ : ४८
आइतबार, २८ असार २०७७

रौतहट – पछिल्लो तिनदिन देखिको अविरल वर्षासंगै विभिन्न नदिमा आएको बाढीले रौतहटस्थित जिल्ला भन्सार जिल्ला प्रहरी कार्यालयसहित ३ सय भन्द बढी घर डुबानमा परेको छ । 

गौर चन्द्रपुर सडक खण्डको सबगढानजिक लचकामा पानी जमेर यातायात अवरुद्ध बनेको छ।

लालबकैया नदिको बाढिले इशनाथ नगरपालिका वडा १ र राजपुर नगरपालिका ८ मा ३ सय भन्दा बढी घर डुबानमा परेको हो । 

ईशनाथको बनजरहा गाउँको चारैतर्फ पनि जमेर ३ सय घर डुबानमा परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन । 

त्यसैगरी राजपुरको बालुवा टोलमा झन्डै २५ घर डुबानमा परेको छ। डुबानमा परेका बनजरहाका बासिन्दालाई गाउँको स्कुल लगायत सुरक्षित स्थानमा र बालुवाकालाई आफन्तको घरमा राखिएको प्रवक्ता श्रेष्ठले बताए । 

उता, सबगढा नजिक  लचकामा पानी जमेर सनिवार रातिदेखि नै साना सवारी अवरुद्ध भएको छ भने ठुला गाडी चलेको छ । गौरस्थित जिल्ला भन्सार कार्यालय अगाडि तीन चारफिट सम्म र गौर मेनरोड तथा जिल्ला प्रहरी कार्यालयमा दुईफिट पानी जमेको प्रहरीले जनाएको छ । 

अविरल बर्षाले जिल्लाको दुईवटै ठुलानदी बागमती र लालबकैयामा पानी बढ्नेक्रम जारी छ । 

लालबकैया बागमतीको बाढीले  कटहरिया,परोहा,पिपरा रजवाडा लगायत केही स्थानमा तटबन्धमा क्षति पुर्याईरहेकाले मर्मतको लागि नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलि रवाना भैइसकेको रौतहट प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी गराएका छन । 

अविरल वर्षा र बाढीको जोखिम केहिदिन अझै रहेकाले रौतहटका सिडियो बाशुदेव घिमिरेले जिल्ला बासिलाई सचेत रहन आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप