कैटरीनाका अभिनेतासँगका ५ चर्चित ‘अफेयर्स’
एजेन्सी – बलिउड अभिनेत्री कैटरिना कैफ सुन्दर अभिनेत्रीहरुमध्येमा पर्छिन् । उनले बलिउडमा अभिनय, उपस्थिती र सरलताका कारण सबैको मन जितेकी छन् । उनी यतिमात्र होइन बलिउड अभिनेताहरुसँग अफेयरका कारण पनि निकै चर्चामा आउने गर्छिन् ।
यसैबीच, उनीसँग अफेयरमा रहेको चर्चा चलेका केही अभिनेताहरुको बारेमा बयान गर्दैछौँ ।
सलमान खान
कैटरीना कैफ र सलमान खानको अफेयरले निकै चर्चा पायो । दुवै नजिकिएका भारतीय सञ्चार माध्यमले बताएका थिए । यी दुई बिहे गर्ने योजनामा रहेको समेत बताइएको थियो तर दुवैले एक अर्कासँगको सम्बन्धको बारेमा कहिल्यै खुलाएनन् ।
अक्षय कुमार
बलिउड खेलाडी अक्षय कुमारको नाम अहिलेसम्म थुप्रै अभिनेत्रीहरुसँग जोडिइसकेको छ । जसमध्ये कैटरीना कैफ पनि एक हुन् । यी दुवैले केही हिट फिल्म पनि दिएका छन् । विवाहित अक्षयसँग कैटरीनाको प्रेमको चर्चा चलेको थियो तर लामो समय यी दुईको सम्बन्ध टिक्न सकेन ।
रणबीर कपूर
कैटरीनाको प्रेम सम्बन्ध रणबीर कपूरसँग निकै राम्रो थियो । फिल्म ‘राजनीति’ मा भेटिएका यी दुई एकसाथ एउटै घरमा बस्न पनि थालेका थिए । निकै नजिक भएर पनि यी दुईको सम्बन्ध लामो समय टिकेन ।
सिद्धार्थ मल्होत्रा
कैटरीनाले रणबीरसँग अलग भएपछि सिद्धार्थसँग सम्बन्ध बढाएको भारतीय सञ्चार माध्यममा उल्लेख छ । दुवैले फिल्म ‘बार–बार देखो’ मा एकसाथ काम गरेका थिए । तर, कैटरीनाले भने सिद्धार्थसँग कुनै पनि सम्बन्ध नरहेको उल्लेख गरेकी थिइन् ।
विक्की कौशल
सन् २०१९ देखि कैटरीनाको नाम फेरि विक्की कौशलसँग जोडिएको छ । कोरोना भाइरसको महामारीअघि यी दुई एकसाथ पार्टी तथा डिनर कार्यक्रममा निकै भेटिन थालेका थिए । तर, दुवैले सम्बन्धको बारेमा भने खुलाएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिभिल अस्पतालमा ‘फेल’ भएका कर्मचारी ८६ दिनदेखि आन्दोलनमा, के गर्दैछ सरोकारवाला निकाय ?
-
देशका यी भूभागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित