शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्खुवासभामा ७ घर बगे, ११ बेपत्ता

आइतबार, २८ असार २०७७, ११ : २४
आइतबार, २८ असार २०७७

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिरो ले सात घर बगाएको छ । 

गए राति आएको पहिरो ले बेसिन्दा गाउँका घर पहिरो ले बगाएर बेपत्ता भएको  गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए । 

पहिरो का कारण बेसिन्दाका ११ जना बेपत्ता भएको जनाइएको छ । पहिरो मा परेका तीन जनाको स्थानीयवासीले उद्धार गरेका छन् । 

पहिरो का कारण वडा कार्यालय र स्वास्थ्यचौकी भवनमा समेत क्षति पुगेको छ । अहिले पनि त्यस क्षेत्रमा लगातार पानी परिरहेका कारण उद्धारमा कठिनाइ भएक छ । 

घटनास्थलमा प्रहरी पुगिनसकेका कारण के कति क्षति भयो भन्ने विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख नवराज मल्लले बताए । घटनास्थलतर्फ प्रहरी खटाइएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप