मुसहर वस्तीमा नेपाली सेनाले पुर्यायो खानेपानी
सिरहा । सिरहाको गोलबजार नगरपालिका–११ बलकावामा सैनिक नागरिक सहयोग कार्यक्रमले यहाँका अतिविपन्न मुसहर समुदायलाई खाने पानीको धारा जडान गरेको छ । श्री शेर गण चोहर्वाको प्रत्यक्ष निगरानीमा डिप बोरिङ्ग, ओभरहेड ट्याङ्कसहित २ सय घर परिवार लाभान्वित हुने गरी ८ वटा धारा जडान गरेको हो ।
नेपाली सेनाले आफ्नो दायित्वबोध गरेर पछिल्ला केही समयदेखि सामाजिक कार्यहरु गर्दै आएको भन्दै यो पटक तराइका अति विपन्न सदाय (मुसहर) समुदायहरुलाई शुद्ध खानेपालीको सुविधा पुगोस् भन्ने उद्देश्यले पूर्वाधार निर्माण गरेको मध्यपूर्वी पृतनापति सुरेशकुमार कार्कीले बताए । उद्घाटन मन्तव्यको क्रममा उनले नेपाली सेना सधै देश, जनता र राष्ट्रिय अखण्डताप्रति सजग रहेको भन्दै दिनहरुमा पनि आफ्नो सामाजिक दायित्वले निरन्तरता पाउने जानकारी दिए ।
सोही क्रममा गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले नेपाली सेनाले आधारभूत तहका जनतालाई शुद्ध खानेपानी व्यवस्थापन गरेको धन्यवाद दिए ।
नेपाली सेनाको सैनिक नागरिक सहयोग कार्यक्रमको २० लाख २ हजार पाँच सय ११ रुपैयाँ ५९ पैसा लागतमा एटुजेड विल्डर्स प्रालि मिर्चैयाले ६ महिना लगाएर निर्माण सम्पन्न भएको हो । जनता माध्यमिक विद्यालय, बलकावाको प्राङ्गणमा निर्माण भएको ओभरहेड ट्याङ्कबाट २ सय परिवारसहित विद्यालयका करिब ५ सय विद्यार्थीले उपभोग गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५१ दिनमा सकियो ‘मेयर’को छायाङ्कन
-
नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ