शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आइतबार यस्तो हुनेछ मौसमको अवस्था

आइतबार, २८ असार २०७७, ०८ : ११
आइतबार, २८ असार २०७७

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको जनाएको छ । 

विभागले देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमति प्रदेशका धेरै स्थान र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्सहित वर्षाको भईरहेको छ। प्रदेश १ र २ का थोरै स्थानहरूमा भारी वर्षा पनि भईरहेको जनाएको छ । 
 
विभागले जारी गरेको आइतबारको मौसम पूर्वानुमानमा दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिइएको छ । 

यसैगरी, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा र  गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षाको हुनसक्ने मौसम पूर्वानुमानमा उल्लेख छ । 

यस्तै, राति देशभर सामान्य देखि पूर्ण बदली रही  धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ । र, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा साथै  गण्डकी प्रदेशको एक÷दुई स्थानहरुमा भारी वर्षाको  सम्भावना रहेको पूर्वानुमान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप