बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महामारीपछि पहिलो पटक डोनल्ड ट्रम्प मास्कमा देखिए

आइतबार, २८ असार २०७७, ०८ : ०१
आइतबार, २८ असार २०७७

अमेरिकी राष्ट्रपति पहिलो पटक सार्वजनिक रुपमा फेस मास्क लगाएको भेटिए । ट्रम्प वासिङ्टन नजिकै रहेको वाल्टर रीड नेशनल मेलिटरी मेडिकल सेन्टरको भ्रमणमा गएका थिए जहाँ उनले घाइते सैनिक र स्वास्थ्यकर्मीसँग भेट गरे ।

ट्रम्प यसअघि सार्वजनिक रुपमा फेस मास्क लगाउन अस्विकार गरिसकेका छन् ।

हालै आफ्नो राजनीतिक प्रतिद्वन्द्वी जो बाइडेनले उनलाई फस मास्क नलागाएको भन्दै कटाक्ष गरेका थिए ।

शनिबार ह्वाइट हाउसबाट निस्कने बेला उनले मास्क लगाएका थिए । उनले भनेका थिए, ‘अस्पतालमा जब तपाईं थुप्रै मानिसहरुसँग भेट गर्नुहुन्छ त्यहाँ तपाईंले मास्क लगाओस् भनेर थुप्रैले आशा राखेका हुन्छन् । ’

उनले थपे, ‘म कहिले पनि मास्क विरोधी थिइनँ । तर मलाई लाग्छ कि सबै कुराको समय र स्थान हुन्छ । ’

अमेरिकामा कोरोना महामारी देखिएपछि ट्रम्पले सार्वजनिक रुपमा पहिलो पटक मास्क लगाएको देखिएका हुन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप