बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अमिताभ बच्चनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि

शनिबार, २७ असार २०७७, २३ : ४३
शनिबार, २७ असार २०७७

मुम्बई । अमिताभ बच्चनलाई शनिबार साँझ नानावती अस्पतालमा भर्ना गरिएको छ । उनको कोरोनाभाइरसको परीक्षणमा पोजेटिभ पाइएको छ । उनले आफै सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘म कोरोना पोजेटिभ पाइएको छु । म अस्पताल भर्ना भइसकेको छु । मेरो परिवार र स्टाफका सदस्यहरुको परीक्षण भएको छ । उनीहरुको रिपोर्ट आएको छैन । पछिल्ला १० दिनमा मेरो सम्पर्कमा आएका सबैलाई अनुरोध गर्दछु कि वहाँहरुले पनि आफ्नो कोरोनाको परीक्षण गराउनुहोला ।’

दैनिक भास्करका अनुसार अमिताभका छोरा अभिषेक बच्चनलाई पनि हल्का लक्षण देखिएको छ र उनलाई पनि अस्पताल भर्ना गर्न सकिनेछ । त्यस्तै घरका कर्मचारी र उनका पर्सनल स्टाफको पनि कोरोना परीक्षण गरिनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप